परम्परागत कृषि औजार बिक्रीमा गिरावट
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा परम्परागत कृषि औजार बिक्रीमा गिरावट आएको छ । कृषिमा आधुनिक औजारको प्रयोग बढेसँगै खेतीपाती गर्दा कृषकले प्रयोग गर्ने परम्परागत फलामे औजारको खपत घटेको स्थानीय व्यवसायीले बताएका छन् ।
फलामे औजारको प्रयोगको कमीले आरान व्यावसाय गर्ने समुदाय भने मर्कामा परेको उनीहरूको गुनासो छ । जिल्ला सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँ बजारमा कृषिमा आवश्यक फलामे औजारहरू बिक्रीका लागि आएका देउसा दिङ्गेलका छिरिङ विश्वकर्मा सामग्री बिक्री हुँनै छाडेको बताउँछन् । उनले हँसिया, खुकुरी, फाली, कुटो, कोदालीलगायतका फलामे औजार बिक्रीका लागि ल्याएका थिए । तर पछिल्लो केही वर्षयता यी औजारहरूको खपत घट्दै गएको उनी बताउँछन् ।
उनका अनुसार सोलुखुम्बुसहितका क्षेत्रमा पहिलेजस्तो घरेलु उद्योगमा तयार पारिएका कृषि औजार बिक्री हुन छाडेको छ । कृषिमा आधुनिक औजार भित्रिनु र कृषि व्यवसाय गर्नेहरूसमेत घट्दै जाँदा त्यसमा प्रयोग गरिने परम्परागत फलामे औजारको खपत भारी मात्रामा घटेको विगत तीन दशकदेखि घरेलु आरन उद्योग व्यवसाय सञ्चालन गरिरहेका सल्लेरीका सुब्बे विश्वकर्माले बताए ।
कृषि औजार बिक्री हुन छाडेपछि देउसाका जुद्धबहादुर विश्वकर्मालाई पनि समस्या आइलागेको छ । परम्परागत बालीघरे चलन छाड्दै व्यावसायिक रूपमा आरन चलाउनेहरू केही वर्षयता पेसाले धान्न नसकेपछि पलायन हुन थालेका छन् । आरनलाई चाहिने कोइला र कच्चा फलामको व्यवस्थानमा चुनौती थपिएको र उत्पादन भएका औजारप्रतिसमेत क्रेताको आकर्षण न्यून हुँदा यो पेसा संकटमा परेको स्थानीयको भनाइ छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- गोदावरीमा मण्डला प्रतियोगिता हुने
- उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन नकाट्न आग्रह
- नेपालको पर्यटन प्रवर्द्धनका लागि भाइबरसँग सहकार्य
- महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध
- ‘कृषिको व्यावसायीकरणका लागि निजी क्षेत्रसँग सहकार्य’
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया