कालिञ्चोकको कोसेली ‘सुन्द्रावतीको ग्रिन टी’
दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका भ्रमण गर्न आउने पाहुनालाई सुन्द्रावतीमा उत्पादित ग्रिन टी खुवाउने र कोसेली पनि पठाउने गरेको छ । सुन्द्रावतीको कटुवाचौर बजार छेउको करिब ३५ रोपनी सार्वजनिक जग्गामा पाँच वर्षअघि चिया लगाइएको थियो । सोही चिया पालिकाले अहिले कोसेलीको रूपमा वितरण गर्ने गरेको छ । वडा नम्बर ९ का वडाध्यक्ष रामप्रसाद मैनालीको योजनाअनुसार २०७५ सालमा सो सार्वजनिक जग्गामा पुराना रुखबिरुवा हटाएर चिया खेती गरिएको थियो । लगाइएको पाँच वर्षमा नै उत्पादन दिन थालेको वडाध्यक्ष मैनालीले बताए । हातले टिपेर बनाएको चिया हिजोआज स्थानीय बजारमा ग्रिन टीको रूपमा बिक्री हुने गरेको उनले जानकारी दिए । दोलखा सदरमुकाम चरिकोट हुँदै सुन्द्रावती, कालिन्चोक, सिंगटी तथा लामाबगर घुम्न आउने पर्यटकलाई कोसेलीको रूपमा वडाले उत्पादन गरेको ग्रिन टी पठाउने गरेको उनले बताए ।
वडाले चिया बगानबाट टिपेको चियालाई प्याकिङ गरेर वडामा राख्ने गरेको छ । थोरै क्षेत्रमा चिया लगाएको हुँदा प्रशोधन गर्ने मेसिन ल्याउन नसकिएकाले ‘ग्रिन टी’को रूपमा चिया उत्पादन गर्न सुरु गरिएको उनले बताए । ग्रिन टी स्वास्थ्यका लागि पनि फाइदाजनक भएकाले धेरैले यसको खोजी गर्ने गरेको अध्यक्ष मैनालीले बताए । ‘स्थानीय बजारमा पनि हिजोआज मानिसले सुन्द्रावतीको ग्रिन टी नै पिउने गर्छन्’, अध्यक्ष मैनालीले भने, ‘ग्रिन टीका बारेमा पछिल्लो समय सबैले सुन्दै र थाहा पाउँदै आएका छौँ ।’
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, बिबिध
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया