दोलखा । जिल्लाका दुईवटा गाउँपालिकाले वर्षायाममा भत्केका सडकको मर्मत सम्भार गर्न करार कर्मचारी नियुक्त गरेका छन् । बैतेश्वर र विगु गाउँपालिकाले सबै वडामा साउनदेखि असोज महिनासम्मको लागि सडक मर्मत गर्न कर्मचारी नियुक्त गरेको हो ।
वर्षाद्को समयमा ग्रामीण सडकमा सवारी आवतजावत गर्न समस्या नहोस् भन्ने उद्देश्यले वडावडामा सडक हेरालु राखिएको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए । असार, साउन र भदौमा बढी मात्रामा वर्षाको पानी, भल र पहिरोले सडक बिग्रिने, भत्किने भएकाले सामान्य खालको समस्या हल गर्नका लागि सडक हेरालुको व्यवस्था गरिएको उनले बताए । प्रत्येक वडामा सडक हेरालुको व्यवस्था गरिएको अध्यक्ष लामाको भनाइ छ । बैतेश्वले २२ जनालाई सडक हेरालुमा नियुक्त गरेको छ । स्थानीयलाई रोजगारी पनि हुने, सवारीलाई पनि आवतजावत हुन सहज हुने कारणले सो व्यवस्था गरेको पालिका अध्यक्ष लामाले जानकारी दिए । उनीहरूले आफ्नो वडाको सडकको खाल्डाखुल्डी पुर्ने, पानीको भलको व्यवस्था गर्ने र जटिल खालको पहिरो गएमा वा सडक अवरुद्ध भएमा सम्बन्धित निकायमा जानकारी गराउने तथा नाली काट्ने काम गर्नेछन् ।
त्यसैगरी विगु गाउँपालिकाले आठवटा वडाका लागि १८ जना सडक हेरालुमा राखेको छ । सडक हेरालुले बिहान ९ः३० देखि बेलुकी ६ बजेसम्म काम गरेबापत दैनिक ७०० पारिश्रमिक पाउने गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- श्री इन्भेस्टमेन्ट फाइनान्सको नाफा ४१ लाख
- हिमालयन लघुवित्तको नाफा एक करोड ३४ लाख
- थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
- प्रहरीद्वारा जुवातास खेलिरहेका २१ जना पक्राउ
- तोलामा एक हजार चार सयले सुनको मूल्यमा बृद्धि
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- सेयरबजार थप घट्ने सम्भावना कति ?
- विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया