Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकिङ कसुर मुद्दामा सापकोटा पक्राउ

बैंकिङ कसुर मुद्दामा सापकोटा पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटालाई पक्राउ गरिएको हो ।

प्रवक्ता रेग्मीका अनुसार सूर्यलाल चौधरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिनेश सापकोटा भएको बैंकिङ कसुर र ठगीसम्बन्धी कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति समेत प्राप्त भएको सापकोटालाई प्रहरी टोलीले खोजतलास गर्ने शनिबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ दुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ परेका सापकोटालाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।


क्याटेगोरी : बिबिध, सुरक्षा अपराध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया