Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१२ हजार बढी व्यक्तिमा पीसीआर परीक्षण

१२ हजार बढी व्यक्तिमा पीसीआर परीक्षण


काठमाडौं, वैशाख १९
सरकारले हालसम्म १२ हजार ११ जना व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा विहीबारसम्म १२ हजार ११ जनामा पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । त्यसैगरी सरकारले -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ४६ हजार ८ सय ६० वटा नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ६ सय ८२ वटा परीक्षण भएका छन् ।

मन्त्रालयको अनुसार हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फकिएसकेका छन् भने बाँकी उपचाररत छन् । हालसम्म विराटनगरमा ३१, विरगञ्जमा आठ, धनगढीमा एक र भरतपुरमा एक जना गरी ४१ जना कोरोना सङ्क्रमित व्यक्ति उपचाररत छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २३ हजार ३३६ रहेको छ । अहिलेसम्म आइसोलेसनमा ८० जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर ७७ जना रहेका छन् । रेड जोनमा हालसम्म ३१२ जना रहेका छन् । त्यसैगरी दक्षिण कोरिया र चीनबाट ग्लब्स, थर्ममिटर, माक्स, पिपिइलगायतको स्वास्थ सामग्री आइपुगेको मन्त्रालयका प्रवक्ता देवकोटोले जानकारी दिनुभयो । उक्त स्वास्थ्य सामग्री स्वास्थ्य विभागलाई प्रदान गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x