काठमाडौं, वैशाख १९
सर्वसाधरण जनता लकडाउनको कारण घरभित्रबाट बाहिर निस्कन पाएका छैनन् । यस्तो क्रिटिकल अवस्थामा सत्तारुढ दल नेकपामा दुईजना सांसद र पूर्वप्रहरी प्रमुख भने निर्वाधरूपमा काठमाडौँदेखि जनकपुरसम्म पुगेर अर्का सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं लिएर फर्किए । यो घटनाले कोरोनासँग जुधिरहेको मुलुकको ध्यान अर्कैतिर मोडिदियो । त्यति मात्र होइन सांसद यादव प्रकरणले लकडाउन सर्वसाधरण नागरिकका लागि मात्र लगाइएको रहेछ भन्ने कुरा पनि प्रमाणित गरिदिएको छ ।
सर्वसाधरण नागरिक लकडाउनका कारण सवारी साधनको अभावमा हप्तौ हिँडेर आफ्नो गन्तव्यमा पुग्न बाध्य छन् । कोही भोकभोकै बस्न बाध्य छन । स्थानीय तहले दिने भनेको राहत पनि पाउन सकेका छैनन् । मुलुकभित्र अत्यावाश्यक सेवाबाहेकका अन्य सम्पूर्ण किसिमका गतिविधि ठप्प छन् । यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परिरहेको छ । दैनिकरूपमा चलायामान हुनुपर्ने अर्थतन्त्र बन्दाबन्दीका कारण असहज भएको छ । यस्ता गतिधिहरू कोभिड १९ संक्रमणका कारण रोकिएपछि नेपालको अर्थतन्त्र नै धरापमा पर्ने हो कि भन्ने चिन्ता बढेर गएको छ ।
कोरोना भाइरसले विश्वकै अर्थतन्त्रलाई डामाडोल र धरापमा पारिदिएको छ ।किसानले उत्पादन गरेको दूध, तरकारी बिक्री नभएर त्यसै खेर गइरहेको छ । त्यसैगरी किसान र व्यवसायीले पालेका हाँस, कुखुरा, खसी बोका बिक्री हुन छाडेका छन् । दानाको अभावमा बेच्न तयार भएका कुखुरालाई बिक्री नभएपछि खाल्डो खनेर गाडन विवश छन्, व्यवसायीहरू । ती दृष्यहरू र समाचारहरू पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत बाहिर आइरहेका छन् । सरकारको ध्यान यस्ता विषयमा जान सकिरहेको छैन ।
कोरोना संक्रमण र लकडाउनकोे प्रत्यक्ष मारमा सर्वसाधरण नागरिक परेका छन् । उनीहरूको जीवनयापन कसरी सहज बनाउने भन्ने दायित्व संघीय सरकारको हो । आफ्ना नागरिकले दैनिक भोग्नुपरेको समस्याका बारेमा संघले प्रदेश र स्थानीय सरकारहरूलाई निर्देशन गरेर सहजिकरण गर्दै नयाँ कदम चाल्न निर्देशन गर्न आवश्यक हुन्छ । त्यसैगरी समन्वयकारी भूमिका निर्वाह गर्न संघले सक्रिय भूमिका खेल्न ढिला गर्नुहुदैन । तर, सरकार यो दायित्वबाट विमुख भएर जनताका समस्याभन्दा पनि अराजनीतिक र पार्टीभित्रको आन्तरिक झगडामा बढी केन्द्रित भएपछि ओलोचित बनेको छ । सत्तारुढ दलभित्रको किचलोले मुलुकको सम्पूर्ण जनजीवन नै अस्तव्यस्त बन्न पुगेको छ ।
सर्वसाधरण नागरिक भने बिहान बेलुकीको गुजारा र छाक टार्न नसकेर रुवाबासी गर्नुपरेको अवस्था छ । कतिपय सर्वसाधरण नागरिकहरू त कुन ठाउँमा कुन संघसंस्थाले निःशुल्क भोजनको व्यवस्था गरेको छ भन्दै त्यातिर गएर पेट भर्न बाध्य छन् । मुलुकभित्र यस्तो विषम परिस्थिति सिर्जना हुँदा पनि नेपाली जनताका अभिभावकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान यताभन्दा पनि अध्यादेश ल्याएर मुलुकलाई विवादित बनाउन उद्धत देखिएका छन् । सांसद अपहरण प्रकरणले मुलुकको ध्यान नै अर्कोतिर मोडिदिएको छ । त्यति मात्र होइन यो गन्धा धन्दाले मुलुक नै बदनामी भएको छ ।
नोबल कोरोनाका कारण सम्पूर्ण विश्वको ध्यान रोग नियन्त्रणतर्फ केन्द्रित भइरहेको छ । आ–आफ्ना नागरिकको ज्यान कसरी बचाउने भन्ने ध्याउन्नमा लागेका छन् । तर, मुलुककै शक्तिशाली कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओली संक्रमण निययन्त्र गर्नतिरभन्दा पनि अर्काे राजनीतिक दल फुटाएर आत्मरतिमा रमाउन लागेको कुराले मुलुकलाई नै विभाजित बनाएको छ । यस घटनाले ‘अरुलाई के धन्दा घरज्वाइँलाई खानाको धन्दा’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने काम गरेको छ ।
विकसित मुलुकहरू कोरोना नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गर्न अध्ययन अनुसन्धानमा लागिपरेका छन् । तर, नेपाल परीक्षण गर्ने किटसम्म समयमा ल्याउन नसकेर सेनासँग गुहार मागिरहेको छ । ल्याएको किट पनि काम लाग्ने किसिमको नरहेको भन्दै सरकारको आलोचना भइरहेको छ । स्वास्थ्य सामग्री खरिदमा पनि सरकारी तवरबाटै अनियमिता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया