काठमाडौँमा रहेका चार हजार नागरिकलाई सोलुखुम्बु ल्याइयो
महेन्द्र शाही
सोलुखुम्बु, वैशाख १९
लकडाउनको कारण विभिन्न क्षेत्रमा फसेका सोलुखुम्बुका चार हजार पाँच सय बढी नागरिकको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहको पहलमा ४ हजार पाँच सय ५८ जनाको उद्धार गरिएको हो । जिल्लाको थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार एक सय ९८ जनाको उद्धार गरेको छ भने सबैभन्दा कम सोताङ गाउँपालिकाले दुई सय ९९ जनाको उद्धार गरेको छ । कोरोनाका कारण देश लकडाउन भएकाले स्थानीय सरकारले आफ्ना नागरिक उद्धार गरेका हुन् ।
यस्तै जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले सात सय ९९ जनाको उद्धार गरेको छ । यत नेचासल्यान गाउँपालिकाले पाँच सय ९६ जना, माप्यदूधकोशी गाउँपालिकाले पाँच सय ७० जना, महाकुलुङ गाउँपालिकाले चार सय ७६ जनाको उद्धार गरेको छ । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले तीन सय २० जना र लिखुपिकेले करिब तीन सय जनाको उद्धार गरेको जनाएको छ । सहरमा रहेका र समस्या भएकाहरूलाई उद्धार गरिएको स्थानीय सरकारले जनाएका छन् ।
सर्वोच्च अदालतले बीच बाटोमा अलपत्र नागरिकहरूलाई गन्तव्यमा पु¥याउन आदेश दिएसँगै वैशाख १२ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहले उद्धार कार्य सुरु गरेका थिए । अहिले पहिलो चरणको उद्धार कार्य सकिएको संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जानकारी दिए । अहिले सरकारले उद्धार कार्य रोक्ने निर्णय गरेकाले पनि उद्धार कार्य रोकिएको उनको भनाइ छ । काठमाडौँमा रहेका विद्यार्थी र ज्यालादारीमा काम गर्नेहरूलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरेको स्थानीय तहले जनाएका छन् ।
उद्धार गरी ल्याइएका तीन जनामा उच्च ज्वरो :काठमाडौंबाट उद्धार गरि सोलुखुम्बु ल्याइएका मध्ये ३ जनामा उच्च ज्वरो देखिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूले काठमाडौंबाट उद्धार गरी गाउँ ल्याएका ३ पुरुषमा एक सय डिग्री सेल्सियसभन्दा बढी ज्वरो देखिएको जिल्ला प्रवेशद्वार पत्ताले हेल्थ डेक्सले जनाएको छ ।
सोलुदूधकुण्ड नगरपालिकाले राखेको पत्ताले हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गराउँदा खुम्बु पासङ ल्हमु गाउँपालिकाका १ जना, महाकुलुङ गाउँपालिकाका १ जना र सोताङ गाउँपालिकाका १ जनामा एक सय दुई डिग्री सेल्सियसभन्दा बढी ज्वरो देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरले जानकारी दिए । उनीहरूलाई तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गरिएको संयोजक मगरको भनाइ छ । उनीहरूलाई स्वास्थ्य संस्थामा जान आग्रह गरी पठाइएको मगरले बताए । ज्वरोका कारण कोरोना सक्रंमण मात्र नभई अन्य स्वास्थ्य समस्या पनि हुनसक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ । गाडीमा आएका कारण पनि ज्वारो देखिएको हुनसक्ने भएकाले नआत्तिन भनिएको पनि उनले जनाए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया