बजार बन्द भएपछि कुखुरा व्यवसायी समस्यामा
भोजपुर, वैशाख १९
कोराना भाइरसका कारण सरकारले आह्वान गरेको लकडाउनले बजार बन्द भएपछि भोजपुरका पोल्ट्री फार्म व्यवसायी मर्कामा परेका छन् । उत्पादित कुखुरा तथा अण्डाको बजारीकरणमा समस्या हुनुका साथै कुखुरालाई खुवाउने दाना ल्याउन नपाउँदा व्यवसाय धराशायी बनेको व्यवसायीले गुनासो गरेका छन् ।
लकडाउनले बिक्री ठप्प हुँदा दैनिक ५० हजार रुपैयाँभन्दा बढीको घाटा भइरहेको रिदम पोल्ट्री फार्मका सञ्चालक अनिल बस्नेतले बताए । उनले भने, ‘यो समयमा व्यवसायमा निकै ठूलो धक्का लागेको छ, लकडाउनका कारण कुखुरा बिक्री भएको छैन । कुखुरालाई खुवाउन दाना ल्याउन नसक्दा बचाउन गाह्रो छ । कुखुराले कुखरालाई जिउँदै खान थालेका छन् ।’
करिब ३० लाख रुपैयाँ लगानीमा अरुण गाउँपालिकाको सिक्रेटार र पालपालेमा रहेको बस्नेतको फार्ममा अहिले छ हजारको हाराहारीमा कुखुरा छन् । कुखुरालाई खुवाउने दाना अभावमा दैनिक २०÷२५ वटाको हाराहारीमा कुखुरा मर्ने गरेको बस्नेतको भनाइ छ । ‘कुखरा बिक्री नभएपछि पैसा अभावमा कामदारलाई समेत तलब दिनसकेको छैन । दैनिक कुखुरा मरिरहेका छन् । व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था छ’, बस्नेतले भने ।
बस्नेतको फार्ममा स्थापनाकालबाट नै चार जनाले रोजगारी पाएका छन् । दाना अभावमा बिक्री लागि तयार भएका कुखुरा भटाभट मर्न थालेपछि उनीहरुको समेत रोजगारी गुम्ने अवस्था छ । कुखुराले बजार नपाएपछि रोजगार गुम्नेमा कामदार पनि चिन्तामा परेका छन् । फार्मका कामदार कुमार राईले भने, ‘रोजगारी पाइएको छ तर केही समयअघिबाट नियमित तलब नपाउन सकिरहेका छैनौं, बिक्री छैन, दाना अभावमा धेरै कुखुरा आफैं टोकाटोक गरेर मरिरहेका छन्, जसकारण हाम्रो रोजगारी नै गुम्मे अवस्था छ ।’ कुखुरापालक कृषकको समस्या समाधानमा पहल गर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
दाना खरिद तथा कुखुरा बिक्रीका लागि सवारी पास उपलब्ध गराइरहेको र यसको व्यवस्थापनका लागि सरोकारवालासँग छलफल गरेर समाधान गरिने प्रशासनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भने, ‘हामीले उहाँहरुजस्ता व्यवसायीलाई सहज वातावरण बनाइरहेका छौँ । खासमा उहाँको फार्ममा उत्पादन भएका कुखुरा बिक्री नहुँदा पैसा अभावले दाना ल्याउन नसक्नु भएजस्तो लाग्छ । बिक्रीका लागि सहजीकरण भूमिका खेल्छौँ ।’
कखुरा सामान्यतया ४० देखि ४५ दिनमा बिक्रीका लागि तयार हुने भए पनि फार्ममा तीन महिना बढी समयबाट कुखुरा पाल्नुपरेको बस्नेतले बताए । ‘बिक्रीका लागि ठिक्क समय हुने अवस्थामा लकडाउन सुरु भयो । अहिले फार्ममा तीन महिना बढी समयका कुखुरासमेत छन् । जति धेरै लामो समय भयो, त्यति नै मात्रामा दाना बढी खान्छन् । त्यही भएर बचाउन समस्या छ ।’ भोजपुर जिल्लाभर एक दर्जनको हाराहारीमा पोल्ट्री फार्म सञ्चालनमा छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया