सोलुखुम्बुमा झाडापखालाका बिरामीको संख्या बढ्यो
सोलुखुम्बु । हिमाली जिल्ला सोलखम्बुमा झाडापखालाको बिरामी बढ्दै गएको पाइएको छ । वर्षा सुरु भएसँगै जिल्लाको विभिन्न अस्पतालमा झाडापखालाका बिरामीको संख्यामा वृद्धि भएको पाइएको हो ।
जिल्ला अस्पताल फाप्लुमा दैनिक २० देखि २५ जनासम्म बिरामी झाडावान्ताको समस्या लिएर आउने गरेको अस्पतालका डाक्टर कविन्द्र राईले जानकारी दिए । अधिकांश बिरामीहरू बालबालिकाहरू रहेको डा राईले बताए । केही बिरामीहरू भर्ना नै गराएर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने गरेको डाक्टर सुरेन्द्र शाक्यले बताए । जिल्लाको महाकुलुङ गाउँपालिकास्थित महाकुलुङ प्राथमिक अस्पतालमा पनि झाडापखालाका समस्या लिएर बिरामी आउने गरेको अस्पताल प्रशासन प्रमुख बसन्त राईले बताए ।
अस्पतालमा झाडापखालाबाहेक टाइफाइड, रुघाखोकीजस्ता मौसमी बिरामीको संख्या पनि उत्तिकै रहेको प्रशासन प्रमुख राईको भनाइ छ । दूधकोशी सामुदायिक अस्पताल मुक्लीमा पनि झाडापखाला, रुघाखोकी, श्वासप्रश्वासजस्ता समस्याको बिरामी बढ्दै गएको बताएको छ । कतिपय मौसमी बिरामीहरू अस्पतालमा भर्ना नै गरेर उपचार गराइरहेको अस्पताल डाक्टर अजय चौधरीले जानकारी दिए । वर्षात्को समयमा पानी दूषित हुने भएकाले पिउने पानी निर्मलीकरणमा विशेष जोड दिन चिकित्सकले सुझाव दिएका छन् । वर्षात्मा पानीको मुहानमा भलबाडीले विभिन्न फोहोरहरू मिसिने भएकाले पानीको शुद्धीकरणमा ख्याल गर्न जिल्ला अस्पताल फाप्लुका डा.सुरेन्द्र शाक्यले आग्रह गरे ।
क्याटेगोरी : बिबिध, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया