Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविद्युतीय उपकरणसम्बन्धी प्रदर्शनी हुने

विद्युतीय उपकरणसम्बन्धी प्रदर्शनी हुने


काठमाडौं । विद्युतीय उपकरणसम्बन्धी प्रदर्शनी हुने भएको छ । नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० हुन लागेको हो ।

प्रर्दशनी शुक्रबारदेखि आइतबारसम्म तीन दिन काठमाडौंको भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एन्ड इवेन्ट्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एन्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको सयुक्त आयोजनामा सो प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरुको स्टल रहनेछन् । विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

प्रदर्शनीमा विद्युतीय कार, स्कुटर, मोटरसाइकल, साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन प्रदर्शनीले सहयोग पु-याउने बताइएको छ ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण तथा यूएसएआईडी÷क्लिन एयर÷एफचआई रहेका छन् । साथै ल्यान्यार्ड पार्टनरमा यासुडा तथा ई–कमर्स पार्टनरमा दराज रहेको छ । तीनदिने प्रदर्शनीको शुक्रबार ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नेछन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया