‘बाआमा’लाई लालबन्दीको भाषा तथा साहित्य पुरस्कार
सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ ‘बाआमा’ आख्यानलाई प्रदान गर्ने भएको छ । स्वतन्त्र विज्ञसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट १० कृतिमध्येबाट रामलाल जोशीकृत ‘बाआमा’ आख्यान पुरस्कारका लागि छनोट भएको हो ।
पुरस्कार छनोट समितिले पुरस्कारका लागि ‘बाआमा’ सिफारिस गरेको परिषद्ले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८०’ का लागि उत्कृष्ट दश कृतिहरू २०८० भदौ ९ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।
यस्तै, ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार –२०८०’ नेपाली भाषा तथा साहित्य सेवक एवम् अध्यापक देवराज पौडेलले पाउने भएका छन् । लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कारको राशि १० हजार रुपैयाँ र लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार (राष्ट्रिय) को पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ । सो पुरस्कार आगामी कात्तिक १८ गते वितरण गरिने परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया