एक सय गन्तव्य सूचीमा समावेश बराहपोखरी संकटमा
सोलुखुम्बु ।। सरकारले एक सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरी संकटमा परेको छ । बराहपोखरी गाउँपालिका–१ स्थित बराहपोखरीको पछिल्लो समय स्वरूप नै परिवर्तन भएर यसको सुन्दरता गुम्दै गएको छ ।
बराहपोखरी अहिले गेगरले पुरिएर खुर्पाको जस्तो आकार बनेको छ । वर्षात्को भलले बगाएर थुप्रिएको बलौटे गेगरले पोखरीको स्वरूप नै बिग्रिँदै गएको स्थानीयको भनाइ छ । सो गेगरलाई पन्छाएर बराहपोखरीको आकारलाई पूर्ववत् अवस्थामा फर्काउन कसैले चासो नदिएको स्थानीय ध्रुव गिरीले बताए । तीन सय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइ रहेको बराहपोखरीमा जिमीगाउँ (सैंटार)तिरबाट वर्षामा भलपानी झर्ने गरेको छ । साथै, बराहपोखरीको पानीको सतह पनि घटेको छ । स्थानीय जानकारहरूका अनुसार विक्रम संवत् १९९० सालको भूकम्पले नै बराहपोखरीको पानी घट्न थालेको थियो । २०७२ सालको भूकम्पले पनि बराहपोखरीको छेउछाउका जमिन फुटेको स्थानीय डिल्लीराम गिरी बताउँछन् ।
चारैतिर पहाडले घेरिएको खाल्डोमा रहेको बराहपोखरीलाई उचित प्रवद्र्धन र संवद्र्धन गर्न सके प्रमुख पर्यकीय स्थलका रूपमा विकास गर्न सकिने सम्भावना छ । तर संरक्षण र संवद्र्धनको अभावमा पोखरीको अस्तित्व संकटमा पर्दै गएको छ । मुहान र निकास हुने ठाउँ नदेखिए पनि बाह्रै मास पानी हुनु बराहपोखरीको विशेषता रहेको स्थानीयको भनाइ छ । लोपोन्मुख मानिने रातो माछा बराहपोखरीको अर्को आकर्षण हो । यसको संरक्षणका लागि अन्यत्रबाट पानी ल्याएर फिल्टर गरियो भने पोखरी संरक्षणको सम्भावना रहेको बराहपोखरी गाउँपालिका–१ का वडाध्यक्ष ढकबहादुर कार्कीको भनाइ छ । यसका लागि पालिकासँग समन्वय गरेर अघि बढ्ने उनले बताए ।
स्थानीयका अनुसार बराहपोखरीको चार भागमा तीन भाग पानी घटेको छ । कतिपयले पर्याप्त वर्षा हुन छाडेका कारण पनि पोखरीमा पानीको सतह घटेको बताउँछन् । खोलाको पानी फिल्टर गरेर हिउँदमा हाल्ने व्यवस्था गर्न सके बराहपोखरीको आकर्षण फर्काउन सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ । यही पोखरीको नामबाट बराहपोखरी गाउँपालिकाको नाम समेत रहन गएको हो । तर यसको संरक्षणमा स्थानीय सरकार समेत उदासिन बनेको पालिकवासीको गुनासो छ ।
रातो माछा समेत संकटमा : बराहपोखरीमा पाइने दुर्लभ रातो माछा समेत मर्न थालेका छन् । यो पोखरीमा पाइने रातो माछा पछिल्लो समय दिनदिनै मर्न थालेको भेटिएको स्थानीय डिल्लीराम गिरीले बताए । पोखरीमा टाढाबाटै राताम्य माछा खेलिरहेको देखिने गरेकोमा हाल मरेको माछा तैरिरहेको मात्रै भेटिने गरेको स्थानीयको भनाइ छ । पोखरीमा बेला–बेलामा माछा मर्ने गरेको जानकारी पाए पनि मर्नुको कारण भने पत्ता नलागेको वडाध्यक्ष कार्कीले बताए । बढ्दो फोहोरमैलाका कारण पोखरीको रातो माछाको अस्तित्व संकटमा पर्न लागेको अनुमान गरिएको छ । स्थानीयवासीले पोखरीमा नुहाउने र लुगा धुने गर्दा बढेको फोहोरमैला र साबुनको असरका कारण रातो माछा मर्न थालेको हुन सक्ने अनुमान छ ।
साथै, जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरले समेत माछाको अस्तित्व संकटमा परेको हुन सक्ने बताइन्छ । पोखरीको पानी कम हुँदै जाँदा र पानीमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा माछालाई ढुसीजन्य संक्रमण हुने र फुल्का कुहिने रोग लागेर मर्ने गरेको माछासम्बन्धी जानकारहरू बताउँछन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया