टेलिभिजनलगायत चोरीका सामानसहित तीन जना पक्राउ
धादिड. वैशाख २३
टेलिभिजन, क्यासेट प्लेयर र स्पिकरलगायतका चोरीका सामानसहित सिद्धलेक गाउँपालिका ५ पोखरीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धलेक गाउँपालिका ५ पोखरी बस्नेहरु २२ वर्षीय अभिषेक श्रेष्ठ, १९ वर्षीय श्याम श्रेष्ठ र २५ वर्षीय अजय श्रेष्ठ रहेका छन् । उनीहरुबाट चोरीका एलईडी टिभी ६ थान, क्यासेट प्लेयर ३ थान, स्पिकर १ थान र चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बिहीबार प्रहरीले बरामद गरेको छ ।
निलकण्ठ नगरपालिका ३ स्थित कसाई टोलमा पार्किङ गरी राखेको बा.४ ख ७३८० नम्बरको बस, सोही नगरपालिका ८ बिर्ताबेशीमा पार्किङ गरी राखेको ना.४ ख २८९१ नम्बरको बस सोही नगरपालिका ३ पुच्छार बजारमा पार्किङ गरेको ना.६ ख ९१३० नम्बरको बस,सोही ठाउँमा पार्किङ गरी राखेको प्र.३–००५ ख ९५७२ नम्बरको बसर सोही नगरपालिका ३ स्थित जिल्ला अस्पताल अगाडि पार्किङ गरी राखेको लु.२ ख १९५४ नम्बरको बसबाट विभिन्न मितिमा टिभी तथा क्यासेट प्लेयर चोरी भएको घटनाको अनुसन्धानको क्रममा उक्त सामान सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीमा संलग्न मध्येका १ जना हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ व्यक्तिहरु उपर चोरी मुद्दामा जिल्ला अदालत धादिङबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया