गुम्बाको सामान चोरीको आरोपमा तीन जना पक्राउ
महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २३
गुम्बाको सामान चोरी रहेको आरोपमा सोलुखुम्बुमा तीनजना पक्राउ परेका छन् । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ मा रहेको पाङ्बोचे गुम्बाबाट विभिन्न समग्रीहरू चोरी गरेको आरोपमा तीन जनालाई शनिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर २ घर भई खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचेमा बस्दै आएका राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई खुम्बु पासाङल्हमु वडा नम्बर ४ दिंबोचे बस्ने राजेश राई र सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नम्बर २ पेल्माङ घर भई खुम्बु पासाङल्हामु वडा नम्बर ४ फोर्चे बस्ने मदन राई रहेका छन् ।
गत भदौमा यो गुम्बाबाट तीन जोर जाम्टा, शंख दुई थान, सनाही एक जोर, पुरानो काक्लिङ एक जोर, पुरानो नि माला, नर्थ फेस टेन्ट एक थान, कम्लब चार थान र भेटीबापतको १५ हजार रूपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड गरिएको थियो । सोही घटनामा संलग्न रहेको आशंकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्नालेको भनाइ छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया