नेचासल्यानको ७८० हेक्टर खेतीयोग्य जमिन बाँझै
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाकै सबैभन्दा उर्भर भूमि रहेको मानिने नेचासल्यान गाउँपालिका क्षेत्रको १८ दशमलव ५० प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको पाइएको छ ।
पालिका क्षेत्रमा रहेको चार हजार दुई सय २१ हेक्टर खेतीयोग्य जमिनमध्ये १८ दशमलव ५० प्रतिशत अर्थात् सात सय ८० दशमलव ८८ हेक्टर जमिन बाँझै रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बसोबास गर्ने नागरिकहरू रोजगारीको सिलसिलामा विदेशिने, उच्च शिक्षा लिन सहर जाने, बसाइँ सरी अन्यन्त्र जाने गरेका कारण पालिका क्षेत्रको खेतीयोग्य जमिन बाँझिने क्रम बढेको गाउँपालिका कृषि शाखा प्रमुख सबिता बास्तोलाले बताइन् ।
साथै, पछिल्लो पुस्ताका अधिकांशको प्राथमिकतामा कृषि नपर्ने गरेका कारण पनि खेतीयोग्य जमिन बाँझिने क्रम मौलाएको बताइएको छ । कृषि शाखा प्रमुख बास्तोलाले भनिन्, ‘पालिका क्षेत्रका अधिकांश नागरिक जागिर, अध्ययन तथा रोजगारका लागि अन्यत्र छन्, उनीको जग्गा जमिनमा खेती छैन, अनि अर्को कुरा युवा खेती गर्न र माटो छुन मान्दैनन् त्यसैले पनि यहाँको खेतीयोग्य जमिन बाँझै भएको हो तर जमिनलाई उपयोग गर्ने कार्यलाई पालिका लागेको छ ।’
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया