नेचासल्यानमा देखिएको आउँको कारण दूषित खानेपानी
महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २६
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा देखिएको झाडापखला तथा आउँ दूषित खानेपानीमा कारण फैलिएको बताइएको छ । खानेपानीका कारण नेचासल्यानको वडा नम्बर २ नयाँचौतारा नेवार बस्तीका स्थानीयमा देखिएको आउँ दूषित खानेपानीका कारणले फैलिएको चिकित्कसले बताएका छन् । केही दिन अगाडि एकै परिवारका चार जनासहित गाउँको अन्य व्यक्तिमा पनि आउँ देखिएपछि त्यस क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गरिएको थियो ।
सल्यान प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर अभिषेक सुमनका अनुसार स्थानीयले प्रयोग गर्ने खानेपानीको मुहान दूषित रहेको पाइएको छ । सोही खानेपानीका कारण झाडापखला फैलिएको उनले बताए । गाईवस्तुले खाने पानी र मानिसले समेत प्रयोग गर्ने पानीको मुहान एउटै हुँदा समस्या देखिएको उनको भनाइ छ । आउँको समस्या भएका २२ जना र कमलपित्तका १६ जनाको सल्यान प्राथमिक स्वास्थ्य केन्द्रको निगरानीमा उपचार भइरहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक युवराज शर्माले जानकारी दिए । अन्य केही बिरामीलाई पनि औषधि वितरण गरिएको केन्द्रको भनाइ छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसहितको टोलीले घरैमा गएर चेकजाँच गरी औषधि वितरण गरेको जनाएको छ । अहिले बिरामीको अवस्था सामान्य बन्दै गएकाले डराउनु पर्ने अवस्था नभएको बताइएको छ । वडा अध्यक्ष भेषकुमार बास्तोलाका अनुसार त्यस क्षेत्रमा खानेपानीको समस्या रहँदै आएको छ । साबिक सल्यान १ र ३ का स्थानीयले प्रयोग गर्ने तीनवटा खानेपानीको मुहानमध्ये एउटा मुहान दूषित रहेको बताइएको छ । बर्खामा पर्याप्त खानेपानी भए पनि हिउँदमा भने मुहान सुक्दा समस्या हुने गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको भनाइ छ । अध्यक्ष बास्तोलाले त्यस क्षेत्रमा पम्पिङ प्रणालीबाट खानेपानी वितरण गर्ने योजना रहेको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया