दोलखामा एक सय १७ योजनाको निर्माण सम्पन्न
दोलखा । बागमती प्रदेश सरकारको लगानीमा दोलखामा सञ्चालित एक सय १७ वटा योजनाको निर्माण कार्य सम्पन्न भएको पाइएको छ । गत आर्थिक वर्ष २०७९/८० का बहुवर्षीय आठ योजनासहित यहाँ सञ्चालित एक सय ४० योजनाहरूमध्ये सडक एक सय १५ र सडक पुल दुईवटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सब–इन्जिनियर राकेश रिमालले जानकारी दिए ।
उनका अनुसार प्रदेश अनुदानअन्तर्गत सडक नयाँ ट्याक ४५ दशमलव तीन किलोमिटर, तीन सय ५५ किलोमिटर मर्मत, सबबेसस्तरको स्तरोन्नति ५० किलोमिटर, नियमित मर्मत सम्भार एक सय ८६ किलोमिटर, कालोपत्रे २६ दशमलव पाँच किलोमिटर, ढलान ११ किलोमिटर र दुई वटा सडक पुल निर्माण भएका हुन् । कुल लगानी एक अर्ब ९१ करोड चार लाख रुपैयाँ रहेकोमा सडक पुलको लगानी ९७ करोड ६० लाख रुपैयाँमध्ये ७४ करोड चार लाख ३५ हजार खर्च भएको छ । यस्तै, प्रदेशले सडक विकासतर्फ विनियोजन गरेको ४७ करोड ८८ लाख रुपैयाँमध्ये ३१ करोड ९५ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।
त्यसैगरी संघतर्फको सशर्तअनुदानको चार करोडमध्ये एक करोड चार लाख ९२ हजार, संघतर्फकै समपूरक अनुदानअन्तर्गतको २४ करोडमध्ये पाँच करोड ९३ लाख आठ हजार र स्थानीय तथा सहरी विकासको २३ करोड ५० लाखमध्ये २१ करोड ७४ लाख रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सबइन्जिनियर रिमालले जानकारी दिए । चालू आ.व.मा प्रदेशअन्तर्गत परेका योजनाको पनि सम्झौता भइरहेको उनले बताए । गत आवका बहुवर्षीय योजनाको काम पनि जारी रहेको बताइएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, बिबिध
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया