फार्मेसी सञ्चालकको हत्या गरेको अभियोगमा पक्राउ
मोरड., जेठ ६
विराटनगर महानगरपालिका १० मधुमारा चोक बस्ने सुनसरी इटहरी उपमहानगरपालिका १२ घर भएका देवी पाथीभरा फार्मेसीका सञ्चालक ३३ वर्षीय देवी प्रसाद दुलालको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका १० पडहरिया टोल घर भई हाल मोरङ विराटनगर महानगरपालिका ४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने २१ वर्षीय ब्रहमदेव साह, सुनसरी इटहरी उपमहानगरपालिका १२ बस्ने २० वर्षीय सोनु साह र मृतककी श्रीमती मिना श्रेष्ठ दुलाल रहेका छन् ।
आइतबार बिहान बेहोस भएको भन्दै उपचारको लागि विराटनगर गोल्डेन अस्पताल पु-याउँदा दुलालको मृत्यु भएको घटनाको अनुसन्धानका लागि १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा उनीहरु ३ जनाले दुलाललाई कर्तव्य गरी मारेको खुल्न आएपश्चात् उनीहरुलाई पक्राउ गरेको हो ।
दुलाल दम्पत्तीबीच मनमुटाव झै झगडा हुँदै आएको सन्दर्भमा मीना श्रेष्ठ र ब्रम्हदेव साहको योजनामा शनिबार राति दुलाललाई सुतेको अवस्थामा डोरीले घाँटीमा बाँधी मारेको र मृतककी श्रीमती मिनाले छिमेकीलाई आफ्नो श्रीमान् अचेत अवस्थामा रहेको भनी सम्पर्क गरी बोलाएर उपचारको लागि उक्त अस्पताल लगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनामा प्रयोग भएका मोबाइल ४ थान, सिमकार्ड ८ थान,पाउडरको बट्टा १ थान, कपडाको ब्याण्डेज १ थान, नाइलनको डोरी २ थान, सर्जिकल पन्जा ८ जोर, रगत लागेको बेडकभर १ थान, सिरानीको खोल १ थान, ब्ल्याङकेटको टुक्रा १ थान र चुडिएको सिक्री १ थान प्रहरीले बरामद गरेको छ । पक्राउ प्रतिवादीहरुउपर कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया