सेवा सुविधा थप गर्नु पर्ने डाक्टरहरुको माग
महेन्द्र शाही
सोलुखुम्बु, जेठ ६
सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका चिकित्सकहरुले सेवा सुविधा थप गर्नुपर्ने माग गरेका छन् । निःशुल्क सेवा प्रदान गरिँदै आएको अस्पतालमा बिरामीबाट न्यूनतम सेवा शुल्क लिएर चिकित्सकको सेवा सुविधा बढाउनुपर्ने उनीहरुको माग छ । करारमा रहेका चिकित्सकहरुले बारम्बार सेवा सुविधा वृद्धिको माग गरेपछि अस्पताल विकास समितिको बैठक समेत बोलाइएको छ ।
हाल जिल्ला अस्पतालले ओपीडी बाहेक आकस्मिक सेवामा पनि निःशुल्क प्रदान गर्दै आएको छ । तर चिकित्सकहरुले भने ओपीडीबाहेकको सेवालाई सशुल्क बनाउनुपर्ने माग गरेको अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा अहिले सबै कराका डाक्टरहरु रहेका छन् । यता फाप्लु अस्पताल विकास समितिका एवं जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले भने बिरामीलाई सेवाशुल्क लिने सवालमा सम्झौता गर्न नसकिने बताएका छन् ।
अस्पताल विकास कोषको आयस्रोतको अवस्थाअनुसार डाक्टरको सेवा सुविधामा पुनर्विचार गर्न सकिने भए पनि बिरामीबाट सेवाशुल्क लिने सवालमा सम्झौता हुनै नसक्ने उनको भनाइ छ । अस्पतालको सेवा सहज र गुणस्तरीय बनाउने विषयमा आफूहरु तल्लीन रहेकाले निःशुल्क सेवालाई सशुल्क गराउन नसकिने राईको भनाइ छ ।
उनका अनुसार अहिले बोलाइएको अस्पताल विकास समितिको बैठकमा कोरोना भाइरसको सम्भावित जोखिमको विषयमा केन्द्रित हुनेछ । अहिलेको विपत्को समयमा शुल्क बढाउने विषय सान्दर्भिक पनि नहुने उनको भनाइ छ । भाइरसको संक्रमणबाट नेपालमा २ जनाको मृत्यु भइसकेकाले यदि जिल्लामा संक्रमण भित्रिएको खण्डमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषय पनि छलफल हुने प्रमुख राईले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया