Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचीनबाट फर्केपछि प्रधानमन्त्रीको सल्लाहकारद्वारा राजीनामा

चीनबाट फर्केपछि प्रधानमन्त्रीको सल्लाहकारद्वारा राजीनामा


काठमाडौं । चीन भ्रमणवाट फर्केलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । उनले यही मंसिर २० गते पदबाट राजीनामा दिएका हुन् । उनी मंसिर १८ गते चीन भ्रमणबाट फर्किएका थिए ।

मंसिर १२ गतेदेखि १८ गतेसम्म साताव्यापी चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहाकारले राजीनामा दिनुलाई प्रधानमन्त्री प्रचण्डको शासनशैलीसँग चीन सन्तुष्ट नरहेको संकेत आएको छ । गजुरेललाई चीनले निकै महत्व दिएर भ्रमणको लागि बोलाएको बुझिएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया