काठमाडौं । नेपाल हस्तकला महासंघले नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँ बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जनाएको छ । महासंघले २०औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले ६० भन्दा बढी देशमा नेपाली हस्तकला निर्यात हुने गरेको जानकारी दिए । यस्तै, उनले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । महासंघले यही मंसिर २८ देखि पुस २ गतेसम्म १८औँ हस्तकला प्रतियोगिता र २०औँ हस्तकला व्यापार मेला आयोजना गर्न लागेको हो । दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० स्टल रहनेछन् । मेलामा पाकिस्तान, बांगलादेशलगायतका देशका व्यापारीहरूको समेत स्टल रहने छन् । महिला, अपांग र पिछडिएका वर्गलाई निःशुल्क स्टल प्रदान गरिने महासंघले जनाएको छ । मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस्तै, २० हजार जनालाई निःशुल्क पास वितरण गर्ने आयोजकको भनाइ छ ।
यसैगरी अठारौं हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलाको प्रतियोगिता गराइने छ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार राखिएको छ । सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिनेछ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया