कोरोना पोजेटिभ भेटिएपछि सोलुखुम्बुमा उच्च सतर्कता, जिल्लामा किट अभाव
महेन्द्र शाही
सोलुखुम्ब, जेठ १८
एक जनाको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि सोलुखुम्बु जिल्लामा उच्च शतर्कता अपनाइएको छ । यसअघिसम्म परिक्षण गरिएको आरडीटी र पीसीआर रिपोर्टमा समेत कोरोना नेगेटिभ आएपछि यहाँको जनजीवन सामान्य थियो । तर एक जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीयमा त्रास बढेको छ । जिल्ला ग्रिन जोनमा परेपछि सदरमुकाम सल्लेरीमा केही चहलपहल बढेको थियो । तर सोलुदुधकुण्ड नगरपालिकाभित्रका एक युवामा कोरोना पोजेटिभ देखिएपछि अहिले जिल्लामा नागरिकको चहलपहल ह्वात्तै घटेको छ । प्रहरी प्रशासनले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गरेको स्थानीयको भनाइ छ । केही समय अघि जिल्लामा चहलपहल बढेको भन्दै स्थानीयले लकडाउनलाई कडाइ गरिनुपर्ने बताउँदै आएका थिए । कोरोनाको कुनै पनि औषधि नभएकाले लकडाउनको पालना गर्नु नै मुख्य उपाएको भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुको भनाइ छ ।
यसैबीच जिल्ला अस्पताल फाप्लुको आकष्मिक कक्ष सिल गरिएको छ । अस्पतालको आईसोलेसन कक्षमा उपचार गराइरहेका सोलुदूधकुण्ड नगरपालिकाका २७ वर्षका युवामा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गर्ने निर्णय गरेको हो । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) को बैठकले युवकको घर र अस्पतालको आकस्मिक कक्ष सिल गर्ने निर्णय गरको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिइन् । बिरामीका परिवारका सदस्य र उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परिक्षणका लागि समेत पठाइने भएको छ ।
अहिले जिल्ला अस्पतालका सबै डाक्टरहरूलाई क्वारेनटाइनमा राखिएको छ । त्यस्तै कोरोना नियन्त्रणका लागि सबै पालिकासँग समन्वय गर्ने र खाद्यान्न र फलफूल बाहेकका सबै होटल पसलहरू पूर्णरूपमा बन्द गर्ने समेत निर्णय भएको उनको भनाइ छ । कोरोनाको लक्षणसँग मिल्जोजुल्दो रहेका सोलुदुधकुण्ड नगरपालिकाभित्रका तीन जना उपचारका लागि जेठ पहिलो साता जिल्ला अस्पताल फाप्लु पुगेका थिए । सुरुमा नर्मल वार्डमा राखेर उपचार गरिएका उनीहरूमा देखिएको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको भन्दै आइसोेलेसन वार्डमा सारिएको थियो । आइसोलेसन वार्डमा राखेर उपचार गरिएका उनीहरूको जेठ ९ गते शुक्रबार स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । तीन जनामध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोशी अस्पताल बिराटनगर लगिएको छ ।
सोलुखुम्बुका एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षण गर्नु पर्ने भए पनि जिल्लामा किटको अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार कोरोना सक्रमितको गाउँमा करिब ६० जनाको स्वाब संकलन गर्नुपर्ने भए पनि किट अभाव रहेको छ । जिल्लाका लागि स्वाब संकलन गर्नुपर्ने किटको अभाव हुँदा अझ समस्या हुने उनको भनाइ छ । प्रदेश तथा संघीय सरकारलाई समेत आवश्यक किट उपलब्ध गराउन अनुरोध गरिएकाले केही दिनभित्रमा थप किट आउने भए पनि तत्काल किट नभएको प्रमुख खकुरेलको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया