कञ्चनपुरका विद्यालय क्वारेन्टाइनले भरिभराउ, आठ हजार बढी व्यक्ति क्वारेन्टाइनमा
धनबहादुर जप्रेल
कञ्चनपुर, जेठ २०
विभिन्न देशमा पेशा व्यवसाय तथा अध्ययन गर्नका लागि गएकाहरू कोरोनाको त्रास र भोकमरीको समस्याले घर फर्किने क्रम दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो समयमा सरकारले नेपालको भारतसंगका नाका खोलेर त्यहाँ रहेका नेपालीहरू भित्र्याउन थालेपछि नेपाल फर्किनेको लर्काे लाग्न थालेको छ । सरकारले भारतबाट आएका सबैलाई कम्तीमा १४ दिन क्वारेन्टाइन राखिने बताएको छ । जसका लागि प्रत्येक स्थानीय तहहरूसँग समन्वय गरेर स्थानीय तहहरूले बनाएको क्वारेन्टाइनमा राखिरहेको छ । यसका लागि पछिल्ला दिनमा स्थानीय तहहरूले क्वारेन्टाइनका लागि सरकारी तथा निजी विद्यालयहरूलाई तोकिएको छ ।
विभिन्न स्थानीयतहहरूले सरकारी तथा नीजि विद्यालयहरूलाई क्वारेन्टाइन तोकेपछि कञ्चनपुरका सबै विद्यालयहरू भरिभराउ भएका छन् । आगामी दिनमा थपिँदै गरेका नेपालीहरूलाई कहाँ राख्ने समस्या सिर्जना हुन थालेको महाकाली नगरपालिकाका नगरप्रमुख बीरबहादुर सुनारले बताए । हालसम्मको विवरण हेर्दा कञ्चनपुरमा करिब आठ हजार बढी व्यक्तिहरू क्वारेन्टाइनमा बसिरहेका छन् । आइतबारसम्म आठ हजार दुई सय ४२ जना क्वारेन्टाइनमा बसिरहेको र अझै आउने क्रम बढी रहको महाकाली नगरपालिकाका नगरप्रमुख सुनारले बताए । हाल उक्त व्यक्तिहरूका लागि करिब एक सय ६६ वटा क्वारेन्टाइन तोकिएका छन् । क्वारेन्टाइनका लागि कञ्चनपुरका सबै शैक्षिक संस्थाका भवनहरू प्रयोग भइसकेका छन् ।
कञ्चनपुरमा सबैभन्दा बढी महाकाली नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् । जहाँ २२ सय ४४ जना बसी रहेका छन् उक्त भार महाकाली नगरपालिकाले व्यहारी रहेको छ । उक्त व्यक्तिहरूका लागि सबै सरकारी विद्यालय र निजी विद्यालय गरी २५ वटा क्वारेन्टाइन रहेका छन् । यस्तै कृष्णपुर नगरपालिकामा १२ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । कृष्णपुरमा २७ वटा क्वारेन्टाइन बनाइएका छन् ।
पुनर्वास नगरपालिकामा १७ वटा क्वारेन्टाइनमा आठ सय जना बसिरहेका छन् । भीमदत्त नगरपालिकामा ३४ वटा क्यारेन्टाइनमा एक हजार ६० जना बसिरहो छन् । बेलौरी नगरपालिकामा ९ वटा क्वारेन्टाइनमा चार सय एक जना रहेका छन् । शुक्लाफाँटा नगरपालिकामा १९ वटा क्वारेन्टाइनमा ११ सय ५५ जना रहेका छन् । यस्तै बेल्डाँडी गाउँपालिकामा १३ वटा क्वारेन्टाइनमा चार सय ९४ जना, वेदकोट नगरपाकिामा १५ वटा क्वारेन्टाइनमा छ सय ७१ जना, लालझाडी गाउँपालिकामा १० वटा क्वारेन्टाइनमा दुई सय जना बसिरहेका छन् ।
व्यवस्थापनमा कठिनाइ, जोखिम बढ्दै : कञ्चनपुरमा भारतबाट आउनेको संख्या बढ्दै गएसँगै क्वारेन्टाइन व्यवस्थापन गर्न गाह्रो बन्दै गइरहेको महाकाली नगरपालिकाका नगरप्रमुख सुनारले बताए । उनले महाकाली नगरपलिका भारतको सीमासँग जोडिएको क्षेत्र भएको र यस क्षेत्रमा नै धेरै व्यक्ति क्वारेन्टाइनमा रहेकाले व्यवस्थापन गर्ने गाह्रो भइरहेको बताए ।
सरकारले चेकजाँच गर्ने आवश्यक जनशक्ति, किट, स्वास्थ्य सामग्री सुरक्षा सामग्री, सुरक्षा जनशक्ति नदिएकोले जोखिम बढेको उनको भनाइ छ । उनले महाकाली नगरपालिका हालसम्म सुरक्षित रहेको भए पनि अब हटस्पट नै बन्न सक्ने बताए । भीमदत्त नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम जप्रेलले दिन प्रतिदिनको बढ्दो चापले विद्यालयमा ठाउँ नपुगेर होम क्वारेन्टाइन राख्नु पर्ने अवस्था आउन थालेको बताए । उनले क्वारेन्टाइनमा रहेका लागि वस्ने र खाने व्यवस्था गर्न नसक्दा स्थानीय जनताहरूकै सहयोग लिइरहेको र सधैँ सहयोग लिन नसकिने हुँदा समेत होम क्वारेन्टाइन राख्नु पर्ने अवस्था आइसकेको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया