सोलुखुम्बु, जेठ २६
सोलुखुम्बु प्रहरीले मानिसको हड्डीसहित ३ जनालाई पक्राउ परेको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय भीम बहादुर तामाङ, सोताङ गाउँपालिका वडा नम्बर १ का २८ वर्षीया टेकमान राई र ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का ४९ वर्षीय लाङिमा शेर्पा रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरु केही समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सचना अधिकारी तथा प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । उनीहरुलाई स्थानीयले दिएको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । पक्राउ परेको उनीहरुको साथबाट मानिसका विभिन्न आकारका हड्डी समेत बरामद गरिएको प्रहरीको भनाइ छ । उनीहरुले केका लागि हड्डी निकाले भन्ने अहिले एकीन नभएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया