काठमाडौँ, जेठ २८
नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ३३ कित्ताभन्दा बढी जग्गा खरिद गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार काफ्ले गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीलाको नाममा ३३ कित्ताभन्दा बढी जग्गा खरिद गरेको पाइएको छ ।
सर्वेक्षक काफ्ले २०५४ पुस १ गते सार्वजनिक सेवामा प्रवेश गरेको र २०७६ वैशाख ३० गतेसम्मको अवधिमा एक करोड ७४ लाख १४ हजार ५० मात्रै वैध आय रहेको आयोगको अनुसन्धानबाट खुलेको छ । सो अवधिमा निज काफ्लेले सात करोड १७ लाख ४१ हजार १५० रुपैयाँ खर्च गरेको पाइएको छ । कुल वैध आय र खर्च गरेको कुल रकमको हिसाब गर्दा पाँच करोड ४३ लाख २७ हजार ९९ बराबरको लगानी तथा खर्चको स्रोत नखुलेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आयोगले सर्वेक्षक काफ्लेलाई हदैसम्मको कारबाही र श्रीमती सुशीलाको नाममा रहेको सम्पत्ति जफतको माग दाबी गरेको छ ।
यस्तै आयोगले गलत विवरण पेश गरी एउटा व्यक्तिको नाममा रहेको जग्गा अर्कैको नाममा नामसारी गरेको अभियोगमा साविकको कोहबरा गाविस झापाका तत्कालीन गाविस सचिव रामप्रसाद न्यौपाने, गलत मनसाय राखी गैरकानुनी काम गर्न अभिप्रेरित गर्ने रेनुका चम्लागाईं, नक्कली सर्जमिन मुचुल्का तयार गर्ने दमक नगरपालिकाका तत्कालीन वडा सचिव मोहनप्रसाद ओली र सोही नगरपालिकाका कार्यालय सहयोगी दलबहादुर खत्रीविरुद्ध पनि मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यस्तै नक्कली सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक नगरपालिका–१ का महानन्द सापकोटा, गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रोमनाथ दाहाल, लक्ष्मीप्रसाद बस्ताकोटी, टङ्कप्रसाद बजगाईं र बालकृष्ण न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो । मोरङ जिल्लाको साविक लेटाङ गाविस–२ का हरिप्रसाद चौलागाईको नाममा रहेको झापाको साविक दमक नगरपालिका–१ को जग्गा एकलौटीरूपमा नामसारी गर्ने प्रयोजनले हरिप्रसादको जेठी श्रीमती रेनुकाले नक्कली कागजात बनाएको पाइएको आयोगले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया