भारतीय पक्षबाट कञ्चनपुरमा एकलौटी ढङ्गबाट तटबन्ध निर्माण
धनबहादुर जप्रेल
कञ्चनपुर, जेठ २८
लामो समयदेखि विवादमा रहँदै आएको कञ्चनपुरको दशगजा क्षेत्रमा भारतले दुवै देशसँगको सहकार्यबिनै तटबन्ध निर्माण कार्यको थालनी गरेको छ । नेपालले आफ्नै भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेको ब्रम्हदेवमा हाल भारतीय पक्षले दादागिरी शैलीमा तटबन्ध निर्माण कार्य गरिरहेको छ । भारतीय पक्षले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रम्हेदवमा महाकाली किनारनजिक तटबन्ध निर्माण गर्न लागेको हो । वर्षातको मुखमै आएर भारतीय पक्षले तटबन्ध निर्माण गर्न थालेपछि नेपाली पक्ष त्रसित भएका छन् । स्थानीय जनप्रतिनिधिहरूले पनि भारतीय कदमको विरोध गरेका छन् । नेपाली पक्षसँग सहमति नलिएर एकलौटी ढङ्गबाट तटबन्ध निर्माण गर्दै नेपाली भूमि हड्प्नका लागि भारतले नयाँ प्रपञ्च रहेको स्थानीयको भनाइ छ ।
स्थानीय एव नेपाली कांग्रेस ब्रम्हदेवका नेता केशव चन्दले भारतीय गिद्दे नजरले नेपाली भूमि हडप्ने र स्वार्थका लागि एकलौटी ढङ्गबाट तटबन्ध निर्माण गरिरहेको बताए । अर्का स्थानीय एव नेकपा नेता मोतिसिंह महताले भारतीय कदममथि शंका गर्ने थुप्रै ठाउँ रहेको बताए । उनले भारतीय कदमले नेपाली स्वाभिमानमाथि गम्भीर खतरा रहेको औँल्याए । वडाध्यक्ष रामनाथले एकलौटी ढङ्गबाट भारतले सीमा क्षेत्रमा गरिरहेको काम रोक्नका लागि प्रशासन कार्यालयमा अनुरोध गरेको बताए । ‘हामीले आफ्नै भूमिमा सडक बनाउँदा भारतले अनावश्यक रोकटोक गर्ने गरेको छ’, उनले भने, ‘उसले सीमा क्षेत्रमा जथाभावी गर्न पाइन्छ ।’ यथाशिघ्र काम रोकेर दुवै देशका अधिकारीबीच सहमति गर्नुपर्ने उनले बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले भारतीय पक्षको मर्मत एव तटबन्ध निर्माणका लागि उसको नियमित काम भएको बताए । ‘हामीसँग मौखिक अनुमति मागेको हो, ‘प्रजिअ खतिवडाले भने, ‘तटबन्ध निर्माणका लागि मात्रै अनुमति लिएका हौँ, कुनै सडक संरचना बनाए रोक्छौँ ।’ यसअघि पनि तटबन्ध भारतीय पक्षले नै तटबन्ध मर्मत गरिरहेको थियो । उक्त भूमिमा धेरै लामो समयदेखि विवाद देखिँदै आएको छ दशगजा क्षेत्र रहेको उक्त क्षेत्रमा विगत लामो समयदेखि नेपाली पक्षले बाटो पक्की बनाउन खोज्दा भारतले रोक्ने गरेको छ । तर, हाल भारतले भने तटबन्ध बनाइरहँदा नेपालको प्रशासन भने तटबन्ध मात्रै बनाउन दिएको भन्दै मूकदर्शक बनेर हेरिरहेको स्थानीयले आरोप लगाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया