निर्वाचन आयोगको नेतृत्वमा इलाम क्षेत्र नम्बर २ मा उच्चपदस्थ अधिकारीको अनुगमन
काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्चपदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप–निर्वाचन इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ ।
उप–निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृहसचिव एकनारायण अर्याल, रक्षासचिव किरण राज शर्मा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, नेपाली सेना युद्ध कार्य महानिर्देशनालय उपरथी प्रेमध्वज अधिकारी र प्रमुख सेनानी मणिराम थापा समेतको टोलीले अनुगमन गरेको हो । उच्च पदस्थ अधिकारीहरूको उक्त टोलीले जिल्ला प्रशासन कार्यालय इलाम पुगेर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, निर्वाचन व्यवस्थापनको तयारी, दल तथा उम्मेदवारहरूको चुनावी कार्यक्रम र जिल्लाको वस्तुस्थिति बारेमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा अन्तक्र्रिया समेत गरेको थियो ।
उक्त अवसरमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहसचिव एकनारायण अर्याल समेतबाट निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न गराउन, सम्पूर्ण दलहरूको इलाम केन्द्रीत गतिविधिका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीलाई रोक्न निरन्तर समन्वय, सहकार्य गरी उपनिर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत भएको थियो ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 7
ताजा अपडेट
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया