राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक
काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०७९’ सार्वजनिक गरेको हो ।
सो सर्वेक्षण संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा नेपालको सबै भूभागको वस्तुस्थितिमा आधारित भई तयार पारिएको बताइएको छ । कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल र नेपालस्थित युएनडीपीका आवासीय उपप्रमुख जुलियन सेभिलार्डले सो सर्वेक्षण सार्वजनिक गरेका थिए । सर्वेक्षणले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्नका लागि नीति निर्माण बनाउन कोशेढुङ्गा सावित हुने प्रमुख तथ्याङ्क अधिकारी पोखरेलले बताए । साथै, उनले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न तीनै तहका सरकार र विकास साझेदार संस्थाहरूलाई गम्भीर बन्न पनि आग्रह गरे ।
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चालित यो दोस्रो पारिवारिक सर्वेक्षण हो । यसअघि कार्यालयले सन् २०१६ मा साविक केन्द्रीय तथ्याङ्क विभागबाट सञ्चालन गरेको थियो । यो सर्वेक्षणमा देशैभरिबाट तथ्याङ्कीय विधिका आधारमा छनौट भएका तीन सय २६ गणना क्षेत्रका छ हजार पाँच सय आठ परिवारबाट तथ्याङ्क संकलन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले २०७९ माघदेखि २०८० असारसम्म गरी पाँच महिना लगाएर सो तथ्याङ्क संकलन गरेको थियो । कम्तीमा २५ वर्ष एकै स्थानमा बसोबास गर्दै आएका ४५ वर्षमाथिका सर्वसाधारणलाई सोधिएको प्रश्नावलीका आधारमा प्रतिवेदन तयार गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । यस्तै, सो तथ्याङ्क भौगोलिक क्षेत्र, उत्तरदाताको लिङ्ग, आम्दानी, शैक्षिक तह, जलवायु जोखिम तह आदिका आधारमा संकलन गरिएको हो ।
सर्वेक्षणअनुसार नेपालमा करिब ३६ प्रतिशत परिवारमा जलवायु परिवर्तनका बारेमा ज्ञान रहेको पाइएको छ । यस्तै, १० परिवारमध्ये नौ परिवारले विगत २५ वर्षको अवधिमा जलवायु परिवर्तनको अनुभूति गरेको पाइएको सर्वेक्षणमा उल्लेख छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया