स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिएर योजना निर्माणमा जोड
बागलुड., असार ३
राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा कोरोना (कोभिड–१९) को असर र भावी नीति तथा कार्यक्रमको विषयमा गण्डकी प्रदेशअन्तर्गतका सहकारीहरूसँगको भर्चुअल छलफल सहकारीकर्मीहरूले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिएर योजना निर्माणमा जोड दिएका छन् । कोरोनाको संक्रमण बढ्दै गएकाले थप सचेतना अभिवृद्धि गर्न, स्थानीय तहहरूसँग समन्वय गरेर स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा योजना निर्माण गरी रोजगारी सिर्जना गर्ने काममा सहकारीहरूको भूमिका बढाउनुपर्नेमा सहभागीहरूको जोड थियो ।
छलफलमा सहभागीहरूले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा गण्डकी प्रदेशका सहकारीहरूले सहकारीका सदस्यहरूलगायत आम समुदायलाई कोरोनाको संक्रमण, यसबाट पर्नसक्ने प्रभाव र यसबाट जोगिन सकिने उपायका बारेमा सचेतना प्रदान गरेको, विपद्को समयमा पनि सदस्यहरूलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री अभाव हुन नदिन समन्वयकारी भूमिका निर्वाह गरेको, आइसोलेन, क्वारेन्टिन निर्माण गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेको, केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमा आर्थिकलगायत स्वास्थ्य सामग्री सहयोगलगायतका काम गरेको बताएका थिए । सदस्यहरूको कोरोना बीमा गर्ने, लकडाउन अवधिको ब्याजमा छुट, हर्जाना छुटलगायत सदस्य र समुदायका लागि सहकारीहरूले प्रभावकारी काम गरेको सहभागीहरूले बताएका थिए ।
कोरोनाबाट पर्नसक्ने जोखिम न्यूनीकरणका लागि सबैसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्नुका साथै सदस्यहरूको लगानीलाई थप सुरक्षित गर्दै उत्पादन, सेवा र वित्तीय कारोबारलाई अझै प्रभावकारी बनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आएसीय ग्लोबल बोर्ड मेम्मर ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले तीनवटै तहका सरकारहरूले ल्याएको योजनासँग सहकारी क्षेत्रलाई ऐक्यबद्ध गराउँदै गरिबी निवारणमा क्षेत्रमा काम गर्न सहकारीकर्मीहरूलाई सुझाव दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत क्रियाशील सहकारी संघहरूका अध्यक्षहरू र गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरूमा प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरूले सुझाव र प्रदेशको अवस्थाका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशअन्तर्गतका सहकारी संघ संस्थाहरूले स्वास्थ्य, सचेतना, कृषि, दुग्ध, तरकारी, फलफूल, सञ्चार, फोहोर व्यवस्थापनलगायत वित्तीय क्षेत्रमा सहकारीका सदस्यहरू र आम समुदायलाई सहयोग गरेको सो अवसरमा जानकारी दिइएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ र मनाङमा जिल्ला तथा विषयगत सहकारी संघहरू दर्ता भएका छैनन् । दुवै जिल्लामा जिल्ला सहकारी संघ निर्माणका लागि छलफल भैरहेको गण्डकी प्रदेश सहकारी संघ निर्माणका लागि गठित कार्यदलका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया