Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी


काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजानिक गरेको छ । कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर ठगी गिरोहमा सक्रिय रहेका तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विक रहेका छन् । उनीहरूले कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देशहरूमा पठाइदिनेभन्दै तीन सय जनाभन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट रहेका छन् । पवन पन्त र नवीन विक भने सहायक ठग भएको अनुसन्धानको क्रममा खुलेको जिसीले जानकारी दिए । सोही ठगीमा संलग्न केही व्यक्तिहरू भने यसअघि नै पुर्पक्षका लागि कारागारमा रहेका छन् ।

पक्राउ परेकाहरूले तीन सय जनाभन्दा बढी मानिसबाट पाँच लाखदेखि १० लाख रुपैयाँ दरले रकम उठाउने गरेको पाइएको हो । उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आईडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्ने गरेका थिए ।


क्याटेगोरी : बिबिध, सुरक्षा अपराध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x