काठमाडौं, असार ४
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने भएको छ । कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीका अनुसार बन्दाबन्दीको अवस्थामा रोगको संक्रमणको जोखिम हुने भएकाले ग्राहकको सहजताका लागि यसरी सेवा थालिएको हो । यसअघि चक्रपथभित्र सुरु भएको सेवा अब भने चक्रपथ बाहिर पनि सुरु गरिएको उनले बताए ।
इकमर्सको अर्डर लिने र डेलिभरी गर्नका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ । त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र इकमर्स कम्पनी सस्तोडिल डटकम बीच व्यापार साझेदारी सम्झौता भएको ज्ञवालीले जानकारी दिए । उनका अनुसार अबका दिनमा भने आफ्नै कर्मचारीसँगै सस्तो डिलमार्फत सामान घर–घरमा पु-याइने छ ।
साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री सस्तो डिलले निःशुल्क रुपमा होम डेलिभरी गर्न थालिएको सस्तोडिल डटकमका निर्देशक अमुन थापाले जानकारी दिए । अहिलेको अवस्थामा सामाजिक सेवाकै रुपमा सरकारलाई सहयोग गर्नका लागि काम थालिएको र यसको सिकाइका आधारमा देशभर सेवा सञ्चालन गर्ने उद्देश्य रहेको उनले बताए । उनले कुनै पनि सेवा नलिइ सरकारी उत्पादन त्यही मूल्यमा निःशुल्क रुपमा घरसम्म डेलिभिरी गरिने समेत बताए ।
उपत्यकाको चक्रपथभित्र यसअघि नै सञ्चालन भएको सेवा अहिले भने चक्रथप बाहिर पाँच किलोमिटरसम्म पुगेर दिइने उनले बताए । कोभिड१९ को महामारीले गर्दा लकडाउन सुरु भएसँगै इकमर्स सेवाको माग ह्वात्तै बढेको छ । सोही कारण कम्पनीले इकमर्स सेवा सुरु गरेको थियो । ग्राहकले सस्तो डिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी अर्डर गर्न सक्नेछन् । हाल दाल, चामल, नुन, डिडिसिका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ । अर्डर गरेको एक दिनभित्रै डेलिभरी हुने र कम्तीमा दुई हजारदेखि बढीमा पाँच हजारसम्मको अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया