Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवित्त नीतिलाई सघाउने मौद्रिक नीति ल्याउन सुझाव

वित्त नीतिलाई सघाउने मौद्रिक नीति ल्याउन सुझाव


काठमाडौं । सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याउन सरोकारवालाहरूले केन्द्रीय बैंकलाई सुझाव दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार राजधानीमा आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिसम्बन्धी छलफलमा सहभागीहरूले अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् । सरकारको पुँजीगत खर्च बढाउने, मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, मौद्रिक नीतिमार्फत् कर्जाको माग बढाउने गरी लचिलो नीति लिइनुपर्ने तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति अवलम्बन गरिनुपर्नेलगायतका सुझाव उनीहरूले दिएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कसैको व्यक्तिगत स्वार्थपूर्ति हुनेगरी मौद्रिक नीति नआउने बताए । समस्यामा परेका व्यक्ति आफ्नो स्वार्थपूर्तिका लागि आफूअनुकूल मौद्रिक नीति आओस् भन्ने चाहिरहेको उनको भनाइ थियो । ‘बजारका अपेक्षा सुन्दा कसैका व्यक्तिगत र निजी समस्यालाई सबैको समस्यामा भनेर उठाएको जस्तो देखिन्छ । आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ’, उनले भने, ‘राष्ट्र बैंकका पनि आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाई पनि ऋणमा डुबाउने होइन । धान्न सक्ने मात्र ऋण लिने अवस्था बनाउने हो ।’ यस्तै, उनले चालू पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा कुनै समस्या नरहेको बताए ।

अर्थसचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको वित्तीय नीतिलाई समर्थन र सहयोग गर्ने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x