लुटेरा समूहद्वारा बाँकेमा व्यवसायीको हत्या प्रयास, तीन घाइते
बाँक, असार ८
बाँकेको राप्तीसोनारी गाउँपालिका ७ सिसमघारीमा लुटेरा समूहले एक व्यवसायीको हत्या प्रयास गरेका छन् । प्रहरी चौकी फत्तेपुर ‘क’का अनुसार लुटेरा समूहको आक्रमणबाट व्यवसायी ३५ वर्षीय पप्पु जैसवाल, उनकी श्रीमती ३० वर्षीया नितुदेवी र १० वर्षीय छोरा मुकेश घाइते भएका छन् । आइतबार बिहान करिब दुई बजेको समयमा प्रहरी चौकीदेखि पाँच सय मिटरको दूरीमा रहेको घरमा लुटेराहरूको समूहले धारिलो हतियार प्रयोग व्यवसायीको ज्यान लिने प्रयास गरेका हुन् । प्रहरी चौकी फत्तेपुर ‘क’ का इन्चार्ज असई फत्तेबहादुर हमालले घटनाको पुष्टि समेत गरे ।
‘राति अज्ञात समूहले पप्पु जैसवालका परिवारमाथि धारिलो हतियारले आक्रमण गरेको रहेछ’ उनले भने, ‘घटनास्थलबाट कुनै वस्तु भने फेला परेको छैन । घटनामा संग्लन रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर केरकार गरिरहेका छौँ ।’ वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले लुटेरा समूहले खुकुरी प्रहार गर्दा व्यवसायी पप्पुका परिवारका तीन सदस्यहरू घाइते भएको बताए । ‘राति लुटपाट गर्ने उद्देश्यले लुटेराहरूको समूह घरमा पुगेको रहेछ’ उनले परिवारका सदस्यको भनाइ उद्धृत गर्दै भने, ‘समयमा नै थाहा पाएका कारण चोरी भने गर्न पाएनन् । तीन जनामाथि खुकुरी भने प्रहार गरेर भागे ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया