Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण

मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण


जनकपुरधाम । मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन सय ९३ किमि सडक निर्माण गर्नुपर्नेमा हालसम्म तीन सय ३५ किमि सडक निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ । यहाँ आर्थिक वर्ष २०७२÷७३ बाट सुरु भई आव २०८०÷८१ सम्म उक्त सडक निर्माण भएको कार्यालयका सूचना अधिकारी रञ्जीतकुमार रायले जानकारी दिए । अब यी जिल्लामा ५८ किमि सडक निर्माण गर्न बाँकी छ ।

यहाँ सडक निर्माणका लागि आठ अर्ब ५१ करोड ७९ लाख ३९ हजार तीन सय खर्च भएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । सडक निमार्णले करिब ३५ लाख जनता लाभान्वित हुनुका साथै हुलाकी सडक छेउछाउका जमिनको मूल्यवृद्धि, आर्थिक गतिविधिमा बढोत्तरी भएको उनले बताए । निर्माणका क्रममा केही स्थानमा विवाद भएकाले सम्पूर्ण काम गर्न नसकिएको महतोको भनाइ छ ।

प्राप्त विवरणअनुसार सिरहामा २९ दशमलव ९८ किमी कमला बलान सडक, २७ दशमलव ४६ किमि गोलबजार जमदह लवदी र गरियानी खडग सडक र धनुषामा ३५ दशमलव ५८ किमी कदम चोक, कप्टौल, निकौरिया सडक, १० किमि यदुकोहा, खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमि जनकपुरधाम–जलेश्वर भिट्ठामोड सडक निर्माणसम्पन्न भएको छ ।


क्याटेगोरी : बिबिध, मधेश प्रदेश
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x