काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ पाँच ग्रामसहित मकवानपुर थाहा नगरपालिका–६ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७३३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा मकवानपुर थाहा नगरपालिका–९ बस्ने २९ वर्षीय भुपेन्द्र बस्नेत उक्त पदार्थ रिसिभ गर्न आउने खुल्न आएपछि उनलाई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दह चोकबाट प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–१५ सुर्मीबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ नै सय मिलिग्रामसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मनिराम राना र २४ वर्षीय हुकुम सिंह राना रहेका छन् । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
भोजपुरको अरूण गाउँपालिका–६ जरायोटारस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब तीन ग्राम छ सय १० मिलिग्रामसहित भोजपुर नगरपालिका–९ बस्ने २५ वर्षीय अमुल राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरीले दमकबाट भोजपुरतर्फ आउँदै गरेको बा.३ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगाबाट अवैध लागुऔषध गाँजा दुई किलोग्रामसहित सोही ठाउँ बस्ने ४९ वर्षीया चन्द्रमाया लोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ जोरपाटीस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय बिनोद राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
- गत वर्षको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने अनुमान
- विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो
- कोषमा नपुगी मारवाडीबाट बाहिरियो मन्त्रालयको पत्र
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया