अन्तर्राष्ट्रिय उडान बन्दका बीच १६ एयरलाइन्सको उडान
प्रवीण राउत
काठमाडौं, असार २२
सामान्य अवस्थामा नेपालसहित १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्नका लागि अनुमति लिएका छन् । त्यसमा पनि अधिकांश एयरलाइन्सले काठमाडौंमा उडान भर्छन् । तर, कोभिड १९ को प्रकोपसँगै नेपालमा उडान अनुमति पाएका २९ वटा एयरलाइन्सले उडान भर्न पाएनन् । यसैबीच तीमध्ये र नयाँ गरी सो संख्याभन्दा आधा बढीले काठमाडौंमा चार्टर्ड उडान भरेका छन् ।
यसरी चार्टर्ड उडान भर्नेमा नेपालका तीन एयरलाइन्स छन् । यसरी उडान भर्ने कम्पनीको संख्या तीसहित १६ रहेको छ । यसमा नेपालका नेपाल एयरलाइन्स, श्रीएयरलाइन्स, बुद्ध एयरलाइन्स, हिमालय एयरलाइन्स (नेपाल र चीनको संयुक्त लगानी) रहेका छन् भने विदेशका अर्थात् कतारको कतार एयरवेज, कुवेतको जजिरा एयर, टर्कीको टर्किस एयरलाइन्स, संयुक्त अरब इमिरट्स (यूएई)को फ्लाई दुबई र एयर अरेबिया, दक्षिणा कोरियाको कोरियन एयर रहेका छन् ।
त्यसैगरी मलेसियाको मालिन्दो एयरलाइन्स, भुटानको ड्र्युक एयरलाइन्स, श्रीलंकाको श्रीलंकन एयर, बेलायतको टाइटन, रसियाको रोयल फ्लाई र भारतको एयर इन्डियाले समेत काठमाडौं उडान भरेका छन् । यी एयरलाइन्सले विदेशमा रहेका नेपाली नागरिक उद्धार गर्न तथा नेपालमा रहेका विदेशी नागरिक उद्धार गर्नका लागि त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थललाई गन्तव्य बनाएका हुन् । नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले नेपालमा रहेका विदेशी तथा विदेशमा रहेका नेपाली नागरिकको उद्धारको लागि यी विमानहरु प्रयोग गरिएको बताए ।
मानिसहरुको उद्धार तथा कार्गो ल्याउनको लागि ती विमानहरुको प्रयोग गरिएको उनको भनाइ छ । उनले भने, ‘विशेषगरी नेपाल एयरलाइन्सले उद्धारसँगसँगै कार्गोको लागि समेत उडान भरेको छ ।’
विमानस्थल स्रोतका अनुसार चार्टर्ड उडान भर्ने सबै एयरलाइन्सले यसअघि नेपालमा उडान अनुमति नलिएका समेत रहेको बताए । जस्तो यसअघि बेलायत, रसिया तथा भुटानबाट काठमाडौं उडान भरेका टाइटन, रोयल फ्लाई तथा ड्र्युक एयरलाइन्सले काठमाडौं उडान भर्ने गरेका थिएनन् । उनीहरुले नेपालस्थित आफ्ना नियोगलाई उडान अनुमतिको व्यवस्थापन गर्न आग्रह गर्दै त्यो सम्भव भएको हो । ती मुलुकहरुले नेपालको परराष्ट्र मन्त्रालयसँग समन्वय गरी उडान भरेका हुन् ।
त्यसैगरी उद्धारको लागि नेपालका एयरलाइन्सलाई समेत युरोप, अमेरिकालगायतका मुलुकमा उडान अनुमति नहुँदा विदेशी एयरलाइन्समा भर पर्नुपरेको विमानस्थलले जनाएको छ । उद्धारको क्रममा विदेशमा रहेका नेपाली नागरिकहरुलाई प्रायःजसो कतार एयरलाइन्सले काठमाडौंसम्म ल्याउने व्यवस्था गरेको छ । युरोप, अमेरिकासम्म कतारलगायतको विदेशी एयरलाइन्सको पहुँच भएको हुँदा त्यहाँ रहेका नेपालीहरुलाई खाडी मुलुक ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो भने त्यही उडानबाट शव समेत ढुवानी गरिएको छ ।
यद्यपि पछिल्लो समय सरकारले पारस्परिक उडान प्रणालीको आधारमा नेपालमा उडान अनुमति प्रदान गर्ने व्यवस्था गर्नलागेको छ । सोसँगै भने नेपालका एयरलाइन्स पनि हालसम्म उडान नभरेको मुलुकमा उडान भर्न सक्ने सम्भावना देखिएको छ । ती एयरलाइन्सहरुले काठमाडौंबाट खाडी राष्ट्रहरु, भुटान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायत, रसियालगायतका मुलुकमा उडान तथा सो मुलुकहरुबाट काठमाडौंका लागि उडान भरेका छन् ।
सोही क्रममा नेपालमा रहेका विदेशीलाई नेपाल एयरलाइन्सले पहिलो पटक चार्टर्ड उडानमार्फत अष्ट्रेलियामा उडान भरेको छ । उद्धारको क्रममा सबैभन्दा बढी काठमाडौंलाई गन्तव्य स्थान बनाउने तथा काठमाडौंबाट विभिन्न स्थानलाई गन्तव्य मुलुक बनाई उडान भर्नेमा नेपाल एयरलाइन्स र कतार एयरवेज रहेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र नेपाल पर्यटन बोर्डले चार्टर्ड उडान जारी रहेकोले गर्दा नै उद्धार कार्यले निरन्तरता पाएको बताएको छ ।
केन्द्रका सदस्य फणीन्द्रमणि पोखरेलले आइतबारसम्म करिब साढे १८ हजार जना नागरिक स्वदेश फर्किएको तथा एक सय तीनवटा शव स्वदेश ल्याइएको बताए । त्यसैगरी बोर्डले नेपालमा रहेका करिब ६ हजार पर्यटक आफनो मुलुक फर्किएको बताएको छ । बोर्डका अधिकारीका अनुसार नेपालमा रहेका १७ वटा मुलुकका करिब ६ हजार विदेशी नागरिक तथा पर्यटकहरु आफ्ना मुलुक फर्किएका हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया