‘हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर’
काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर रहेको बताएका छन् ।
हलिया मुक्क्तिको घोषणा गरेको १६ वर्ष पुगीसक्दा पनि मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको पहिचान र प्रमाणीकरणको काम सम्पन्न नभएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । राष्ट्रिय कृषि बँधुवा मजदुर संघष समितिको अगुवाईमा कृषि बधुवा मजदुरहरु, मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरी समुदायसँग गरेको प्रतिबद्धता र सहमतिहरुको कार्यान्वयन प्रक्रियाका लागि सरोकारवालासँग मन्त्री अधिकारील छलफल गरेका थिए । सो छलफलमा मन्त्री अधिकारीले छुट भएका हलिया र कमैया परिवारहरुको पहिचान र प्रमाणीकरण छिटो गर्न र उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, जीविकोपार्जनमा सहजीकरण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए । विगतमा भएका समझदारीको पालनामा मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताए ।
कार्यक्रममा राष्ट्रिय कृषि बँधुवा मजदुर संघर्ष समितिको तर्फबाट मुक्त कमैया समाजको केन्द्रीय अध्यक्ष पशुपति चौधरी, दलित भूमि अधिकार युनियनका महासचिव श्याम सुनार, कमैया महिला जागरण समाजका अध्यक्ष कृष्णी चौधरीलगायतले हरवाचरवा, हलिया, कमैया र कमलरीको सवालमा सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा समेत समावेश भएको यस विषयलाई मन्त्रालयले प्रभावकारी कार्यान्वयन गर्ने विश्वास लिएको बताए । मुक्तहलिया, कमैया कम्लहरी तथा हरवाचरवा वस्तुस्थिति अध्ययन समितिले मन्त्रालयमा पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, पुनस्र्थापना र कार्ययोजनालाई तीन तहकै सरकारले अविलम्ब लागू गर्नुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- रामेछापमा बस दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया