स्वास्थ्य मन्त्रालयद्वारा अनुमतिप्राप्त मेडिकल कलेजहरूको अस्पताल शय्या क्षमता सार्वजनिक
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले तीन सय शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका कलेजहरुले सञ्चालन गरेका २० अस्पतालहरुको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शय्या मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेजको रहेको छ । कलेजसँग पाँच सय शय्या क्षमता छ । यस्तै मन्त्रालयसँग चार सय शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीनवटा रहेको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् । बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १६ अस्पतालहरुले भने तीन सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए नभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शय्या सञ्चालन भए नभएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिती अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
क्याटेगोरी : बिबिध, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- रामेछापमा बस दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया