Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाले संकटमा होटल व्यवसाय

कोरोनाले संकटमा होटल व्यवसाय


सुबास बस्नेत
दोलखा, असार २९
कोरोनाका कारण दोलखाको पर्यटन क्षेत्रमा देखिएको संकटले अधिकांश होटल व्यवसायीहरुको व्यवसाय धरापमा परेको छ । लामो समयको लकडाउन र सरकारले अर्को वैकल्पिक माध्यम खोज्न ढिलाइ गर्दा होटल तथा पर्यटन व्यवसायीहरु मर्कामा परेका हुन् ।

पर्यटन क्षेत्रलाई नै जोड दिई होटल सञ्चालन गरिरहेका जिल्लाका होटल व्यवसायीहरु संकटमा परेका हुन् । आम्दानीको मुख्य स्रोत नै होटल व्यवसाय भएका व्यवसायीहरु लामो समयदेखिको बन्दले व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको सदरमुकाम चरीकोटमा रहेको सगरमाथा होटलका सञ्चालक सुन्दर दाहालले बताए । उनले भने, ‘चार महिनादेखि होटल व्यवसाय बन्द छ । घरभाडा बुझाउन र बैंकको किस्ता तिर्न नै मुस्किल छ ।’ लकाउनले होटल बन्द हुँदा घरभाडा तिर्न समस्या भएको र घरभेटीले दैनिक घर भाडा मागेर दबाब दिने गरेकाले आफूले तीन महिनाको भाडा तिरेर होटल खाली गरिदिएको उनले बताए ।

सदरमुकाम चरीकोटका अन्य केही होटल पनि लकडाउनकै कारण भाडा तिर्न नसकेर बन्द भएका छन् । उता जिल्लाको प्रमुख पर्यटकीय स्थल कालिञ्चोकका सयौं होटल व्यवसायी पनि संकटमा परेका छन् । खचाखच पर्यटकले भरिभराउ हुने कालिञ्चोकका होटल रेस्टुरेन्ट कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि बन्द भएका छन् । लकडाउन खुकुलो बनाएपछि खुलेका फाट्टफुट्ट होटलमा पनि ग्राहक आउन छाडेको चरीकोटका क्रिस्टल होटलका सञ्चालक कुमार श्रेष्ठले बताए । धेरै होटल व्यवसाय रहेको जिरी नगरपालिकाको अवस्था पनि उस्तै रहेको छ । होटल क्षेत्रलाई मुख्य पेसाको रूपमा लिएका व्यवसायीहरुलाई बैंक, सहकारी तथा घरभाडा तिर्न आर्थिक संकट हुने गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x