Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधशिवम् सिमेन्ट अब मोबाइल एपबाट पनि खरिद गर्न सकिने

शिवम् सिमेन्ट अब मोबाइल एपबाट पनि खरिद गर्न सकिने


काठमाडौं, साउन २
शिवम् सिमेन्ट्स लिमिटेडले ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा ग्राहकहरुमाझ सिमेन्ट खरिद गर्नका लागि सहज होस् भन्ने उद्देश्यले सिमेन्टजगत्मै पहिलोपटक मोबाइल एप सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकहरुले गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मूल्यमा आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्नेछन् । साथै भुक्तानीको लागि खल्ती, ई–सेवा, कनेक्ट आईपीएस वा क्यास अन डेलिभरीको सुविधा उपलब्ध गराएको छ ।

सिमेन्टजगत्मै पहिलोपटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आइरहेको छ । कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दूरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ ।

झन्झटरहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एपभित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x