नयाँ पुल नबनेपछि तिलावेको पुरानो पुल सञ्चालन
सन्तोष पौडेल
बीरगञ्ज, साउन ४
तिलावेको पुरानो पुल सञ्चालनमा ल्याइएको छ । निर्माण कम्पनीले नयाँ पुल तयार गर्नसक्ने अवस्था नदेखिएपछि पुरानो पुल सञ्चालनमा ल्याएको हो । बाढी आउने बेलासम्म पुल तयारीको अवस्था नभएको र डाइभर्सन पनि टिकाउ नहुने देखेर पुरानो पुल सञ्चालनमा ल्याइएको हो ।
पप्पु र लुम्बिनी जेभीले २०७२ जेठ २५ गते ७ करोड ७१ लाख ७३ हजारमा पुल निर्माणको ठेक्का लिएको थियो । ठेक्का लिएको अवधिदेखि यसै आवको फागुन १३ गतेसम्म पुल तयार गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर सो अवधिसम्म पुल निर्माणको काम २५ प्रतिशत मात्र भएको छ । सडक विभाग, हुलाकी राजमार्ग आयोजना वीरगञ्जमार्फत भइरहेको यो कामको कार्यप्रगति २५ प्रतिशत मात्र भएको सो कार्यालयले जानकारी गराएको छ ।
ठेकेदार कम्पनीले गएको वर्ष जिल्ला प्रशासन कार्यालय, पर्साले अधूरो निर्माणकार्य पूरा गर्न ठेकेदार कम्पनीलाई कडाइ गरेपछि पुरानो पुलको आवागमन बन्द गरेको खण्डमा नयाँ पुलको निर्माण चाँडो हुने बताएर डाइभर्सन निर्माण गराएको थियो । तर पुरानो पुलबाट आवागमन बन्द गरिएको वर्ष दिन बित्दा पनि नयाँ पुल बन्ने कार्य तीव्र हुनसकेन । डाइभर्सनबाट आवागमन भइरहेको र वर्षायाममा बाढीले डाइभर्सन बगाउनसक्ने सम्भावना देखेर दुई साताअगाडि पुरानो पुलबाट आवागमन सुरू गरिएको थियो । अहिले डाइभर्सनलाई वर्षाले पूर्णरूपमा क्षति गरेको छ । त्यहाँबाट आवागमन तत्काल सम्भव छैन । पुरानो पुलबाट आवागमन सुरू गरिएको कारण अहिले यो सडकखण्डबाट सवारीसाधनहरूको आवतजावत रोकिएको छैन । ठेकेदार कम्पनीले भने नयाँ पुलको निर्माण वर्षाको कारण पुनः बन्द गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया