Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपुरानो मितिमा चेक काट्दै लम्कीचुहा

पुरानो मितिमा चेक काट्दै लम्कीचुहा


धनगढी, साउन ७
कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानुनविपरीत चेक काटेको पाइएको छ । नगरपालिकाले कर्मचारीको आवासका लागि बनाएको आवासगृहमा सोमबार प्रक्रिया र कानुनविपरीत आर्थिक वर्ष २०७६/७७ को भुक्तानी दिन भनी चेक काटिरहेको पाइएको हो । गत आव सकिएर नयाँ आव २०७७/७८ सुरु भइसके पनि कानुनविपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको हो । नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका हुुन् ।

नगरप्रमुख महादेव बजगाईँले सुरुमा आफू काठमाडौँ रहेको र चेक काट्ने कुरा असार मसान्तमा सकिसकेको बताए पनि पछि कोरोना रोकथामका बेला भएका खर्चको भुक्तानी दिनुपर्ने बाध्यता रहेको र त्यसै कारणले कर्मचारीले चेक काटेको आफूलाई रिर्पोटिङ आएको बताए । नगरप्रमुख बजगाईँले गत आवको कागजात मिलाउने काममा पनि कर्मचारी लागेको स्वीकार गर्दै तिनले नियमसंगत रूपले क्वारेन्टाइन व्यवस्थापनको खर्चको चेक काटेको दोहो-याए । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले भने कानुनअनुसार गत वर्षको मिति राखेर नयाँ चेक जारी गर्न नमिल्ने स्वीकार गरे ।

चेक काटिरहेका अवस्थामा भेटिएका लेखा अधिकृत धर्मराज उपाध्यायले नगरपालिकाको कार्यालयमा भीडभाड हुने तथा काम गर्न असहज भएको हुनाले आवासगृहमा चेक काटेको बताए । उनले आफू सेवामा नयाँ प्रवेशी भएकाले केही प्राविधिक कुरा जानकारी नभएको स्वीकार्दै अब कोष तथा लेखा नियन्त्रण कार्यालयसँगको छलफलमा अघि बढ्ने बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशी गत आवकै बजेट भुक्तानीका लागि पुरानो मिति राखेर अहिले चेक जारी गर्नु कानुनसम्मत नभएको बताउँछन् । भुक्तानीका लागि गत वर्ष नै काटिसकेका चेक सम्बन्धित पक्षलाई वितरण गर्न आव सकिएको ३० दिन अवधि दिइए पनि पुरानो आवको चेक अहिले नयाँ आव सुरु भइसकेका अवस्थामा काट्नु कानुनविपरीत हुने जोशीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x