काठमाडौं, साउन ८
ऋण रकम नतिर्नका लागि अपहरणमा परेको भनी झुक्याएको आरोपमा प्रहरले एक युवालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । गत असार २४ गतेदेखि घरबाट सम्पर्कविहीन भएका उनी अपहरणमा परेको हुनसक्ने सूचना साउन २ गते प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाले खोजी कार्य तीव्र बनाएको थियो । सो क्रममा प्रहरीले काठमाडौं नयाँबसपार्कस्थित सुगन्ध होटलमा मंगलबार राति रेग्मीलाई फेला पारेको हो ।
अपहरणको नाटक गरी उक्त होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेका रेग्मीले विभिन्न व्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भन्दै करोडौँ रूपैयाँ लिएको र उक्त रकम तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएको छ । अपहरणमा नपरेका रेग्मीले प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको उक्त महाशाखाले जानकारी दिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया