काठमाडौं, साउन ९
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबारदेखि सार्वजानिक सवारीसाधनहरु सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण सार्वजनिक सवारीहरु झण्डै चार महिनादेखि थन्किएर बसेका थिए । सार्वजनिक सवारीसाधनहरु पहिलो दिन बिहीबार करिब आधा मात्रै सञ्चालन भएको महासंघले जानकारी दिएको छ । बिहीबार बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु भने कम मात्रामा देखिएको छ । अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भएपनि आगामी दिनमा थप सवारीसाधन सडकमा आउने महासंघले जनाएको छ ।
सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदुर र महासंघले सवारीसाधन सञ्चालनको निर्णय गरेका थिए । अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार मर्मतपछि बाँकी सवारीसाधन पनि सञ्चालनमा आउनेछन् । चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि माक्स अनिवार्यरुपमा लगाउनुपर्ने भनिएको छ । सरकारले साउनभर एउटा जिल्लाभित्र मात्रै अर्थात् एउटा जिल्लाबाट अर्काे जिल्लामा सवारीसाधन चलाउन नपाउने निर्णय गरेको छ । यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने भन्दै यातायात व्यवस्था विभागमा भनिरहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया