Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबेनी हाइड्रोपावारले पेलेरै जान खोजेको स्थानीयको आरोप

बेनी हाइड्रोपावारले पेलेरै जान खोजेको स्थानीयको आरोप


महेन्द्र शाही
सोलुखुम्बु, साउन ९
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीबासीले बेनी हाइड्रोपावरले प्रभावित क्षेत्रका स्थानीयलाई पेलेरै अगाडि जान खोजेको आरोप लगाएका छन् । प्रभावित क्षेत्रको मागलाई सम्बोधन गर्न नसकेको भन्दै आन्दोलनको क्रममा रहेका तामाखानीबासीले आयोजनाले स्थानीयको मागलाई बेवास्ता गरेको बताएका छन् । स्थानीयले माग पूरा गर्न आयोजनाको कर्मचारी आवाश गृहमा ताला लगाएका थिए । उनीहरूले लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा केही समयमा नै खोलिएको थियो । आफूहरूलाई जानकारी समेत नदिएर हाइड्रोले पेलेरै जान खोजेको स्थानीयको भनाइ छ ।

स्थानीय संघर्ष समितिका संयोजक मिलन पुलामी मगरले प्रभावित क्षेत्रका नागरिकहरूले वार्ता चाहेको भए पनि आयोजना एकलौटी हिसाबले अगाडि बढ्दा आफूहरू आन्दोलनमा जानुपरेको बताए । आयोजना समक्ष सडक स्तरोन्नति, ट्र्याक ओपनलगायत १२ बुँदे मागसहित स्थानीय आन्लोलित भए पनि आयोजनाले भने स्थानीयको माग नै निश्चित नभएको दाबी गरेको छ । आयोजनाले यसअघि सुरुङमार्गबाट माठुङसम्मको करिब १३ सय मिटर सडक ट्र्याक ओपन तथा बोल्दोस्थित पक्की पुलबाट करिब ७० मिटर भीर चौडा गर्नेलगायतका कामहरू गरेको कम्पनीका प्रतिनिधि फुग्याल्जेन शेर्पाले बताए । आफूहरू स्थानीयका माग पूरा गर्न तयार भए पनि स्थानीयले माग नै प्रस्ट नपारेको उनको भनाइ छ ।

आयोजनाले स्थानीयको मागप्रति आफूहरू सकरात्मक रहे पनि माग पूरा गर्न एक महिनाको समय संघर्ष समितिले उपलब्ध गराउन नसक्दा वार्ता विफल भएको उनको भनाइ छ । प्रभावित क्षेत्र तामाखानीको मागको विषयमा वडा कार्यालय र संघर्ष समितिबीच नै कुरा नमिल्दा समस्या भएको आयोजनाले जनाएको छ । १८ मेगावाटको यो आयोजनाले सामाजिक उत्तरदायित्वको काम स्थानीयले बारम्बार आरोप लगाउँदै आएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x