Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा

ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा


काठमाडौं, साउन १३
स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको छ । विश्वभर कोरोनाभाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसिमका तरिका र उपकरणहरुको खोजीमा रहेका छन् । यहि विषयलाई ध्यानमा राखेर कम्पनीले बजारमा मानिसले नछोईकन नै ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको हो ।

कम्पनीले ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर ल्याएको छ । यसले कुनै पनि मानिसको हातलाई नछोईकन नै स्वचालितरुपमा स्यानिटाइज गर्दछ । कम्पनीले भारतमा निर्मित ओकमिस्ट ब्राण्डको ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा ल्याएको जनाएको छ । यो टचलेस स्यानिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन (डीआरडिओ)सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो ।

कोरोना भाइरसबाट सुरक्षा गर्न र अधिक भीडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात स्यानिटाइज गर्न रिओटले डीआरडीओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको हो । यो टचलेस स्यानिटाइजर डिस्पेन्सर निकै सुरक्षित रहेको कम्पनीको दाबी छ ।

अल्ट्रासोनिक सेन्सरको आधारमा यो सञ्चालन हुन्छ । यसले केबल १२ सेकेण्डमा स्वचालितरुपमा अल्कोहलमा आधारित ५ देखि ६ मिलिलिटरको स्यानिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्दछ । स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले अधिक भीडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिकरुपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताए ।

ओकमिस्ट प्लस टचलेस स्यानिटाइजर डिस्पेन्सरमा ५ लिटरको स्यानिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिइएको छ । यसलाई डिआरडिओले प्रमाणित गरेको छ भने यसलाई कार्यालयहरुमा वा घरमा प्रयोग गर्न निकै सजिलो र सहज रहेकोछ । अझ यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिने सुविधा रहेको छ । जसको माध्यमबाट कति सेकेण्डसम्म स्प्रे गर्ने भन्ने समय निर्धारण गर्न सकिन्छ ।

कम्पनीले आगामी दिनमा १.२ लिटरको ओकमिस्ट मिनी ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर समेत ल्याउने तयारी गरेको जनाएको छ । हाल ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर नेपाल बंगलादेश बैंक, सशस्त्र प्रहरीको मुख्यालय, एनसेल प्रालि, बतास अर्गनाइजेसन, आनन्द होटल, कतार राजदूतावासलगायत ३० भन्दा बढी कार्यालयहरुमा जडान गरी प्रयोगमा आइसकेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x