उद्योग वाणिज्य संघ दोलखाद्वारा एक वर्षको नवीकरण शुल्क छुट
सुबास बस्नेत
दोलखा, साउन १४
दोलखा उद्योग वाणिज्य संघले कोरोना भाइरसले आर्थिक संकटमा गुज्रेका आफ्ना सयौं सदस्यलाई एक वर्षको सदस्यता नवीकरण शुल्कमा छुट दिएको छ । कोरोनाको महामारीले आर्थिक समस्याले अप्ठ्यारो परेको भन्दै आफ्ना सम्पूर्ण सदस्यहरुको चालू आर्थिक वर्षका लागि नवीकरण शुल्क छुट गरेको हो ।
कोरोना भाइरस रोकथामका लागि सरकारले चैत ११ देखि ४ महिना लामो लकडाउन गर्दा व्यापार व्यवसाय समेत चल्न नसक्दा व्यवसायी अप्ठ्यारोमा परेको भन्दै नवीकरण छुट गरेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । ४ वटा उपशाखा रहेको दोलखा उद्योग वाणिज्य संघमा आठ सय ४७ सदस्य रहेका छन् । सदस्य नवीकरण वापत संघले हरेक सदस्यसँग वार्षिक रुपमा पाँच सय रुपैयाँका दरले लिने गरेको थियो । संंघले चार लाख २३ हजार पाँच सय रुपैयाँबराबरको नवीकरण शुल्क छुट गरेको उनले बताए ।
यस्तै संघकै पहलमा भीमेश्वर नगरपालिकासँगको समन्वयमा स्थानीय व्यापारीलाई वार्षिक राजस्वको ५० प्रतिशत छुट समेत गराउन सफल भएको उनले बताए । संघले व्यवसायीहरुको व्यवसाय पुनरुत्थानका लागि राहतस्वरुप कस्ता कार्यक्रम ल्याउने भन्नेबारे छलफल भइरहेको पनि उनले जानकारी दिए । ‘लकडाउन पूर्णरुपमा अन्त भइसकेको छैन’, अध्यक्ष श्रेष्ठले भने, ‘महामारीले अब लिने रुपमा सरकारले पनि केही स्पष्ट मार्गनिर्देशन ल्याउला त्यसैका आधारमा हामीले पनि कार्यक्रम तय गर्ने योजनामा छौँ ।’ लकडाउनका अवधिमा व्यवसायीहरुलाई ढुवानी सेवा सहज बनाउन संघले निरन्तर पहल गरेको समेत उनले बताए ।
आर्थिक वर्ष समापनपछि चालू वर्षभरि संघले गर्ने योजनाको समीक्षात्मक रुपमा प्रस्तुत गरेर सदस्यसामु लैजाने संघका महासचिव हेमराज रिमालले बताए । दोलखामा करदाता सेवा कार्यालय नभएको र व्यवसायीलाई कर तिर्न धुलिखेल जानुपर्ने बाध्यता रहेकाले आफ्ना व्यापारीलाई जिल्लामै कर सेवा विस्तार गर्न चरीकोटमै कार्यालय समेत खुल्नलागेको समेत उनले जानकारी दिए । साना व्यवसायी कर तिर्नका लागि पनि विगतमा भक्तपुर र धुलिखेल धाउँदा अनेक झन्झट व्यहोर्नुपर्दा विगतदेखि नै केही सेवाशुल्क लिएर कर चुक्ता गर्ने र प्रमाण पत्र लिन संघले समन्वय गर्दै आएकोमा अब कर कार्यालय नै आएपछि यो झन्झटको अन्त्य हुने उनले दाबी गरे ।
संघले निर्वाचन पश्चात सचिवालयको पुनर्निर्माण सम्पन्न गरी भाडामा रहेको संघको सचिवालय आफ्नै भवनमा सारेर सेवा प्रवाह गरिरहेको जनाएको छ । कोरोनाको कारण व्यवसायीहरुलाई पर्न गएको वित्तीय संकट टार्न र पुनर्कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गरी सहज बनाउन पहल गरिरहेको महासचिव हेमराज रिमालले बताए । संघले दिएको नवीकरण छुटले थोरै भए पनि राहत भएको मैनापोखरी बजारका सुनचाँदी व्यवसायी चक्र घतानीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया