सवारी दुर्घटना : एक वर्षमा १२ जनाको मृत्यु
सुबास बस्नेत
दोलखा, साउन २७
दोलखामा सवारी दुर्घटनामा परेर वर्षेनी दर्जन बढी मानिसले ज्यान गुमाउने गरेका छन् । जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय दोलखाको वार्षिक प्रतिवेदनअनुसार सवारी दुर्घटना परेर सात जना पुरुष, दुई जना महिला र तीन जना बालबालिकाको मृत्यु भएको हो । गत आर्थिक वर्षमा ३५ वटा सवारी दुर्घटनामा परेका छन् ।
कार्यालयको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा पाँचवटा सार्वजनिक बस, नौवटा ट्रक, पाँचवटा जिप, ११ वटा बोलेरो/सुमो, तीनवटा ट्र्याक्टर र दुईवटा जेसीबी दुर्घटनामा परेका हुन् । गत आर्थिक वर्षको दोस्रो महिना भदौमा सबैभन्दा बढी सातवटा सवारी दुर्घटनामा परेका छन् । तथ्यांकअनुसार सबैभन्दा कम असारमा एउटा मात्र सवारी दुर्घटना परेको छ । त्यसैगरी ३५ वटा सवारी दुर्घटना परेर २६ जना सख्त घाइते भएका छन् भने २४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया