जयपृथ्वी राजमार्ग अवरोध हुँदा बिरामी जोखिममा
आशिष बहादुर सिंह
बझाड., साउन २७
लगातारको वर्षात्पछि सेती नदीमा आएको बाढीले बझाङ सदरमुकाम जोडने जयपृथ्वी राजमार्ग अवरोध भएपछि बिरामीको ज्यान जोखिम परेको छ । सुर्मा गाउँपालिका वडा नं. ४ बस्ने लक्ष्मी बोहराको अप्रेसन गरी डेलिभरी गराउन जिल्ला अस्पताल सफल भए पनि अत्यधिक रक्तस्राव भएका कारण उनलाई डडेल्धुरा रिफर गरिदियो ।
तर बाटो बन्द भएका कारण उनलाई थप उपचारका लागि डडेल्धुरा लान नसकेको उनका आफन्तले बताए । मौसममा आएको परिवर्तनसँगै परिरहेको लगातारको वर्षात्ले आइतबार राति जयपृथ्वी राजमार्गअन्तर्गतको तमैल बजार नजिकैको छविसपाथीभेरा गाउँपालिकाको जालिङे बगरमा २० मिटर सडक बगाएको छ ।
वर्षात्का कारण सेती नदीमा पानीको वहाव बढेको र सडक कटान गरे जिल्लाका अन्य ठाउँबाट सदरमुकामको सम्पर्क टुटेको छ । बाढीले सडक बगाएपछि यातायातका साधन चल्नसकेका छैनन् । सदरमुकामबाट जाने सवारी तमैल बजारमा रोकिएका छन् भने भित्रिने सवारीसाधन विभिन्न ठाउँमा रोकिएका छन् । सडक बगाएको ठाउँमा माथितिर कडा चट्टान भएकोले तत्काल सडक सञ्चालनमा आउने सम्भावना रहेको देखिँदैन ।
वैकल्पिक बाटो पनि नभएपछि यातायात सुचारु हुन केही समय लाग्ने भएको छ । सेती नदीमा पानीको वहाव बढेसँगै नदी किनाराका बस्तीहरु समेत जोखिममा रहेका छन् । नदीले कटान सुरु गर्न थालेपछि बस्तीहरु उच्च जोखिममा रहेका हुन् । लगातार वर्षा भइरहेको र नदीमा पानीको वहाव बढेपछि उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले समेत आग्रह गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया