हवाइ सेवा सञ्चालनको वातावरण बनाउन संघको आग्रह
काठमाडौं, साउन २९
वायुसेवा सञ्चालक संघले हवाइ सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयको बन्दाबन्दीले गर्दा हवाइ उद्योग अब धराशायी हुने अवस्थामा पुगेकाले आगामी भदौ १६ गतेदेखि हवाइ सेवा सञ्चालनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । लामो समय हवाइ सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।
सरकारले कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द गर्दै आएको छ । सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाइ सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाइ सेवा सञ्चालन नगरिए आन्दोलनमा जान बाध्य हुने संघको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक हवाइ सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ देखि हवाइ सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश हामी आन्दोलित हुने अवस्था सिर्जना हुनेछ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया